नेपाल मगर संघ दैलेखको अध्यक्षमा : थापा

दैलेख । नेपाल मगर संघ दैलेखको अध्यक्षमा सर्वजित थापामगर चयन भएका छन् । डुङ्गेश्वर गाउँपालिका वडा नं १ मा सम्पन्न नेपाल मगर संघ जिल्ला समन्वयन समितिको ८ औँ अधिवेशनबाट अध्यक्षमा नौमूले गाउँपालिका वडा नं १ का सर्वजित थापा मगरलाई चयन गरिएको छ ।

बुधबार चयन गरिएको कार्य समितिमा अध्यक्षमा सर्वजित थापा मगर, उपाध्यक्षमा तिलक राना मगर, कोषाध्यक्ष अम्बिका थापा सह कोषाध्यक्ष विरबहादुर पुन, सचिव रंगबहादुर थापा, सहसचिव जमुना थापामगर, संचार संचार सचिव मनबहादुर लामिछाने सहित २१ सदस्य छन ।

मगर समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउदै आएको माघे संक्रान्ति पर्व दैलेखमा भव्यताका साथ मनाइएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा पर्ने चुप्रा बजारमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाभरबाट मगर समुदायको बाक्लो उपस्थिती थियो ।

संघको ८औं अधिवेशन तथा माघे संक्रान्ति विषेश कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै नेपाल आदिवासी जनताजी महासंघ कर्णाली प्रदेशका संयोजक खगेन्द्र पुन मगरले मगर समुदायको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनले मगर समुदाय नेपालको आदिवासी जनजाती वर्गमा पर्ने एक महत्वपूर्ण जाती भएकोले राज्यका विभिन्न संयन्त्रहरुमा उल्लेख्य सहभागिता हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया