काठमाडौं । गायक प्रकाश थापा र गायिका रेखा जोशीको स्वरमा सुमधुर लोक डेउडा भाका ‘खोलीको कायजाल’ सार्वजनिक भएको हो । गीतमा लोकप्रिय गीत संगितका अग्रज सर्जक राजेन्द्र शाह ‘विपी’ को शब्द तथा प्रकाश थापाको संगित रहेको छ । लोकप्रिय गायक तथा एरेन्जर विनोद बाजुरालीले एरेन्ज गरेको गीत मालश्री स्टुडियो मा रेर्कड गरिएको हो ।
निकै आर्कष रुपमा भिडियो निर्माण गरिएको सो गीतको म्युजिक भिडियो लोकप्रिय निर्देशक भिम थापाले निर्देशन गरेका छन । भिडियोमा लोकप्रिय गायक तथा मोडल दीपक संगम विसी र रोजि कुँवरको अभिनय रहेको छ । डिबि रौले ले खिचेको भिडियो प्रविण रेश्मी मगरले सम्पादन गरेका हुन ।
प्रतिक्रिया