लभ यु म्यान असोजमा

काठमाडौं : जेनिम फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र लभ यु म्यान असोज १९ देखि देशभरबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ ।
पुरुष–पुरुषबीचको प्रेमलाई विषयवस्तु बनाइएको यो चलचित्र दिनेश महतले निर्माण गरेका हुन् । चलचित्रमा राज आर्यन र प्रनिशा सिलवाललाई अभिनयमा डेब्यु गराइएको छ भने सुरेश चौधरी, रेखा लामा र रचना पौडल पनि मुख्य भूमिकामा छन् ।
बिबी फुयालको निर्देशनमा तयार भएको चलचित्रमा दीपक बानियाँको छायांकन, देव महर्जनको द्वन्द्व छ भने कृष्ण कोइराला निर्माण संयोजक छन् । सन्तोष राजवंशी र नरेन्द्र राजवंशीले संगीत दिएका छन् । राज शिरीषको कथा, पटकथा र संवाद छ । चलचित्र सत्य घटनामा आधारित रहेको निर्मार्ता दिनेश महतले बताए । (सौस)

प्रतिक्रिया