लोकदोहोरी प्रतिष्ठान नयाँ बसपार्कले ब्याडमिन्टन प्रतियोगीता गर्दै

काठमाडौं । आगामी पौष २४ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिले आयोजनामा प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता गर्ने भएको छ ।

आयोजकका अनुसार मनमैजु, काठमाडौंस्थित स्पोर्ट हलमा उक्त प्रतियोगीता हुने छ । उक्त प्रतियोगीतामा सहभागी हुन पौष २३ गतेसम्म टिम दर्ता गराईसक्नुपर्ने र पुरुषलाई एक १ हजार र महिलालाई ५ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा पुरुषतर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु ३ हजार, द्वितिय पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु २ हजार रहेको बतायएको छ ।

त्यस्तै, तृतिय पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु एक हजार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १५ सय, द्वितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ५०० रहेको समन्वय समिति नयाँ बसपार्कका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए ।

लोक कलाकारहरुको पहिलो पटक अध्यक्ष शाहीले आफ्नै परिकल्पनामा प्रतियोगीताको सुरुवात गर्न लागेको बताए । प्रतियोगीतामा कलाकारहरु दुर्गा रायमाझी, रमेश बिजी, बद्री पंगेनी, पशुपती शर्मा, रामजी खाँण, शिव हमाल, राधिका हमाल, देवी घर्ती, प्रिती आले, पुर्णकला बिसी, जमुना सनम, पिएन सापकोटा, सुजन लम्साल, रमेशबाबु थापा लगायत अन्य चर्चित कलाकारहरुले सहभागीता जनाउने उनको भनाइ छ ।

प्रतिक्रिया