मूर्ति बनाएरै वार्षिक १५ लाख आम्दानी

सल्यान । देशमा व्यवसाय गर्ने कुनै वातावरण नै छैन भनेर बिदेसिने युवाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर, सल्यानका एक युवाले भने मिहिनेत गरे विदेश होइन यही माटोमै केही गर्न सकिन्छ भनेर उदाहरणीय बनेका छन् ।  वागचौर नगरपालिका–९ का युवा टोपेन्द्र डाँगीले भने आफनै क्षेत्रमा मूर्ति बनाएरै वार्षिक १५ लाख बढी आम्दानी गर्दै अएका छन् । वागचौर नगरपालिकामा रहेको टोपेन्द्र कलाकेन्द्रमा कामको चाप बढ्दै गएपछि डाँगीले तीन जनालाई रोजगारी पनि दिएका छन् ।

सुरुमा आर्टको काम गर्दै आएका टोपेन्द्रलाई एकाएक मूर्ति बनाउनेतिर ध्यान जान थाल्यो । केही मनिसहरूका फोटो हेरेरै जस्ताको तस्तै बनाएपछि उनले आर्ट पेसालाई थाँती राख्दै मूर्ति बनाउने काम सुरु गरेको टोपेन्द्र डिसी बताउँछन् । अहिले उनले बनाएका विभिन्न मूर्तिहरू जिल्ला तथा छिमेकी जिल्लाहरूमा समेत निर्यात हुँदै आएका छन् । सशस्त्र द्वन्द्वको समयमा दार्मा गाउँपालिकामा ज्यान गुमाएका व्यक्तिहरूको मूर्ति बनाइरहेका डाँगीले मूर्ति बनाउने पेसा जिल्लामा नयाँ भएकोले पनि आपूmलाई यसप्रति रुची भएको बताए । ‘जिल्लामा मूर्ति बनाउने व्यवसाय नयाँ हो सुरुमा त गाह्रो हुन्छ कि भन्ने पनि लागेको थियो अहिले भने मूर्तिको माग धेरै भएकोले व्यस्ततासमेत बढेको छ । काम नभ्याउने भएपछि अहिले तीन जनालाई रोजगारी दिएको छु’, डाँगीले भने ।

आपूmले अहिले विभिन्न देवीदेवता तथा माग अनुसारका अन्य पूर्ण तथा अर्धकदका मूर्तिहरू बनाइरहको जानकारी दिए । ‘अहिले बढी माग भनेको देवीदेवताका मूर्तिहरूको रहेको छ पछिल्लो समयमा भने सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको अर्धकदका मूर्तिहरू निर्माण गर्नका लागि जिल्लाभित्र तथा जिल्ला बाहिरबाटसमेत माग आएको छ’, डाँगीले भने ।

मूर्ति बनाउने पेसाबाटै राम्रो आम्दानी भइरहेको डाँगी बताउँछन् । ‘यो व्यवसायबाट सबै खर्च कटाएर वार्षिक १५ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुन्छ, काम बढ्दै गएपछि तीन जनालाई रोजगारी पनि दिएको छु, अब दुई जना जति थप्ने योजना छ’, डाँगीले भने । उनले मूर्तिको आकारअनुसार पारिश्रमिक लिँदै आएको जानकारी दिए । ‘मूर्ति बनाउँदा एक दिनदेखि ४५ दिनसम्म समय लाग्ने गर्दछ यसरी बनाइएका मूर्तिहरू मूर्ति बनाउँदा त्यसमा लाग्ने लागत र श्रमका आधारमा २० हजारदेखि पाँच लाख सम्मका मूर्ति बिक्री गर्दै आएको छु । अहिले मूर्ति बनाउनका लागि जिल्ला बाहिरबाट समेत माग आउन थालेको छ’, डाँगीले भने ।

प्रतिक्रिया