विद्युत् प्राधिकरणको प्यानल बोर्डमा मुसो पसेपछि….

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको लैनचौरस्थित सबस्टेशनको प्यानल बोर्डमा मुसो पस्दा उपत्यकाका विभिन्न ठाउँमा बिद्युतमा अवरोध भएको छ । आइतबार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाका दर्जन बढी ठाउँमा मुसाका कारण बिजुली आएको छैन । लैनचौर सबस्टेसनको प्यानलबोर्डमा मुसा पसेकाले वितरण लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

लैनचौर सब(स्टेसनको प्यानलबोर्डमा मुसा पसेपछि त्यहाँबाट बिजुली पठाइने नारायणहिटी संग्रहाल, बागबजार, लाजिम्पाट, लैनचौर, महाराजगज, गैह्रीधारा, पानीपोखरी, सामाखुशी, ठमेल, टंगाल, बबरमहलमा दिउँसो ३ बजेदेखि बिजुली आपूर्ति बन्द भएको हो।

मुसो पसेको प्यानल बोर्डको मर्मत भइरहेको प्राधिकरणले जनाइको छ। प्राधिकरणले उपत्यका बाहिर पनि कयौँ स्थानमा बिजुली नभएको जनाएको छ। पोखरा वितरण केन्द्रअन्तर्गतको तातोपानी फिडर मर्मत गर्नुपर्दा आइतवार बिहान १० बजेदेखि केन्द्रअन्तर्गतका अधिकांश ठाउँको विद्युत् आपूर्ति रोकिएको छ।

प्रतिक्रिया