चिनियाँ यूआनसहित दुई पक्राउ

सिन्धुपाल्चोक, ४ भदौ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल अधेंरीले डेड लाख चिनियाँ यूआनसहित दुई जनालाई पक्राउ गरेको छ ।
आज नियमित चेक जाँचका क्रममा प्रहरीले यूआनसहित दुई जनालाई पक्राउ गरेको हो ।
काठमाडौंवाट तातोपानी तर्फ जादै गरेको बा १ ज ७७२६ नम्बरको बोलेरो जीपको सीट मुनी लुकाई राखेको अवस्थामा प्रहरीले यूआन फेला पारेको सशस्त्र प्रहरीका एसपी कमल गिरीले जानकारी दिए ।
प्रहरीले अवैध चिनियाँ युआन ओसारपसार गर्ने गोरखाका ४९ बर्षीय आङ्जी लामा र सवारी चालक काभ्रे तिमालका सूर्यबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएको जीप र रकम सम्पत्ति शुद्धीकरणमा पठाईएको एसपी गिरीले वाताए ।

प्रतिक्रिया