सेनाद्वारा डोटी निःशुल्क उपचार

काठमाडौं, १ भदौ । नेपाली सेनाले झाडापखाला प्रभावित जिल्ला डोटीका विभिन्न स्थानमा स्थानीय सर्वसाधारणको उपचार गरेको छ ।
सेनाले साउन–२८ देखि भदौं–१ गते सम्म घुम्ति स्वास्थ्य शिविर तथा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेर उनीहरुको उपचार गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घुम्ति स्वास्थ्य शिविरमा सेनाले विरामीहरुलाई निःशुल्क औषधि वितरण समेत गरेको थियो ।
डोटीका कलेना, खिरसैना, वगलेक, रिलु, काडामाण्डौं, गांजरी, वासुरी, लडागडालगायतका गाविसका सर्वसाधारणले निःशुल्क स्वास्थ्य उपचार पाएका थिए ।
एक सातामा सेनाको स्वास्थ्य टोलीले एक हजार दुई सय त्रियानब्बे जनाको उपचार गरेको थियो । उपचार गर्नेमा महिला ७ सय ५१ र पुरुष ५ सय ४२ जना रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया