पदमले ल्याए शखर चिनी

काठमाडौं । गायक पदम राईले ‘के गुलियो छ र शखर चिनी’ बोलको गीत ल्याएका छन् । केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहेको यस गीतमा गायक पदमलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् ।

गीतमा डिपी खनालको शब्द तथा शंकर थापा ‘स्मल’ को संगीत रहेको छ । गीतमा सुवल थापाका कोरियोग्राफी र गम्भिर बिष्टको निर्देशन रहेको छ । त्यस्तै, भिडियोमा सरोज अधिकारी, आष्मा विश्वकर्माका साथमा कार्टुन क्रुजका कलाकारको अभिनय छ ।

गायक राईको केही समय पहिले ‘पछि पछि लागेर’ बोलको गीत निकै लोकप्रिय भएको थियो । जसको भिडियोले युट्युबमा करोड बढी भ्युजसमेत पाएको थियो । गायक राईले विगतका सांगीतिक कोसेलीलाई झैँ आफ्नो पछिल्लो गीतलाई पनि दर्शक स्रोताले मन पराइदिनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया