काठमाडौं । पर्सामा ६१ जनाका कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। यसै गरी बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको जनाइएको छ । संक्रमितमध्ये तीनजना महिला हुन्। पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिका–१, ३, ६, ७, १०, १२, १६, २३ २५ को अस्पताले जनाएको छ ।
संक्रमित मध्ये बढी वडा नम्बर ६ माईस्थान आसपासका रहेको पाइएको छ। नारायणी अस्पतालको अनुसार संक्रमितमध्ये केहीमा लक्षण पनि देखिएको छ।
प्रतिक्रिया