काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण भएको छ।
सांसद यादवले आफूमा कोरेना संक्रमण भएको बारेमा फैले सुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा माफैत जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ ‘मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। आफूलाई आइसुलेटेट गरेर अहिले आराममा छु।’
उनले अरुलाई समेत सचेत रहन आग्रह गर्दे लेखेका छन्, ‘आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्नु, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा मास्क लगाएर मात्रै निस्किन र समाजिक दुरी कायम राख्न गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।’
सांसद यादवले पछिल्लो समय वीरगञ्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेका थिए ।
प्रतिक्रिया