काठमाडौं । वीरगञ्जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्।
कोरोना फैलिएपछि वीरगञ्जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार शुक्रबार साँझ रौतहटका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितहरूको स्वाब बिहीबार संकलन गरिएको थियो। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरू ५ देखि ५२ वर्षसम्मका छन्।
ट्राभल हिस्ट्री भएका र कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनमा रहेका र स्वेच्छाले जाँच गराएकाहरूमा संक्रमण देखिएको हो। पर्सामा अहिलेसम्म ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। चार जनालाई आइसीयूमा राखिएको छ।
प्रतिक्रिया