क्वारेन्टाइनमा रहेका महिलाहरुलाई सेनेटरी प्याड

कालिकोट । ‘कोभिड १९ बाट बच्न साबुन पानीले धुने गरौँ हात , पूर्ण सरसफाईमा उचित ध्यान दिँदै मास्कको नछोडौँ साथ’ भन्ने मूल नाराका साथ राष्ट्रिय सरसफाईको अवसरमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्विसइन्टरको अपरेसन नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा राहतस्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

नरहरिनाथ गाउँपालिकाका नागरिकहरु जिल्लाको तिनतारो होटल चन्द्रसुर्य र सनलाईटमा होटलमा क्वारेन्टाईनमा छन् । उनहिरु मध्ये महिलालाई कुनै किसिमका समस्या सृजना नहोस भनी महिलाहरुका समस्यालाइ मध्यनजर गर्दै ४ सय पिस सेनेटरी प्याड वितरण गरेको हो ।

सोही गाउँपालिकाको खुलालुमा रहेको क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई पनि स्वास्थ्य सामग्री वितरण गरिने मानवअअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले बताए ।

उनले यो बेला क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई सरकारी तथा गैह्र सरकारी संस्थाले सक्दो सहयोग र साथ दिनुपर्ने बेला रहेको बताए । बुढाका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका महिलाहरुलाई स्वास्थय सामग्री विरतण गर्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया