काठमाडौं । जुम्लाको सदरमुकाम बालमन्दिरमा रहेको क्वारेन्टाइनमा बिहीबार मृत्यु भएका पुरुषको पिसिआर रिपोर्ट निगेटिभ आएको छ।
उक्त क्वारेन्टाइन्मा बसेका ६५ वर्षीय परुषको बिहीबार राति मृत्यु भएको थियो। उनको मृत्युपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको चिकित्सकको टोली घटना स्थानमा गएर मृतकसँगै चारजनाको स्वाबको नमुना संकलन गरेको थियो।
स्वाबको पिसिआर विधिमार्फत परीक्षण गर्दा मृतकसहित चारजनाको रिपोर्ट निगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । मृतक पुरुष बुधबार बर्दियाबाट जुम्ला पुगेको प्रहरीले जनाएको छ । उनी दम र मुटुका रोगी भएको बताइएको छ ।
प्रतिक्रिया