नुवाकोटमा खाद्यान्न सहजरूपमा उपलब्ध

बेत्रावती । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि खाद्य सामग्री सहजरूपमा उपलब्ध भइरहेको छ ।

उपभोक्ताले धेरै सामग्री खरिद गरेर घरमा राख्न चाहेकाले भनेजति माग पुर्याउन नसके पनि दैनिक उपभोग गर्ने खाद्य सामग्री चामल, चिउरा, दाल, चिनी, तेल, गेडागुडीलगायतको अभाव नहुने अध्यक्ष कार्कीले बताए ।

प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गादत्त भट्टले बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री पर्याप्त रहेको र गाँउगाँउसम्म पठाउन लकडाउनका कारण केही असहज भए पनि नआत्तिन उपभोक्तालाई आग्रह गरे । खाद्य सामग्री, ग्यास, दूध, तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीको अभाव तथा कालोबजारी भएको पाइए कार्यालयमा स्थापना गरिएको हेल्प डेक्समा सम्पर्क राख्न सकिनेछ ।

प्रतिक्रिया