बाग्लुङ, १९ साउन । अबिरल वर्षासँगै आएको बाढीले बगाउँदा पर्वत र बाग्लुमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका एक बालक पनि छन् ।
बाढीले बगाएर पर्वतको देवीस्थान–६ का चन्द्रबहादुर सुनारका पाँच वर्षीय छोरा प्रवेश सुनारको मृत्यु भएको हो । मध्यान्ह १२ बजे बालकलाई दोविल्ला फलेवास सडकको नालीमा आएको बाढीले बगाएको थियो ।
उनको शव वडा नम्वर ६ स्थित धारापानीमा मृत्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बुधवारदेखि निरन्तर परेको पानीले मालढुङ्गा बेनी सडक समेत अवरुद्ध बनेको छ । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
नाङलीवाङ–२ खनियाघाटमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको बेनीदेखि छुटेका लामो तथा छोटो दुरीका सवारीका साधनहरु अलपत्र परेका छन् ।
यसैवीच, बाग्लुङ नगरपालिका–९, लङ्गाउमा अर्जुन खोलाले वगाउदा आज एक महिला वेपत्ता भएकी छन् । खोला तर्ने क्रममा लङ्गाउकी ४१ वर्षीया दिलमाया थापालाई खोलाले वगाएको जिल्ला प्रहरी कार्यालय वागलुङका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए ।
प्रतिक्रिया