काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत रू पचास हजारको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासयि रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरूको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने जनाएको छ ।
प्रतिक्रिया