मिलन आफन्त
हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता , घृणा, हत्या , अन्याय ,अत्याचार , युद्ध,धोका , दुःख,पीडा जस्ता नराम्रा कुराहरू प्रेमको अभावमा हुने गर्दछ । यसै कुरालाई मनन् गरेर विश्व चर्चित व्याक्तित्व माहात्मा गान्धी भन्नुहुन्छ । – ‘प्रेमभन्दा ठूलो वस्तु संसारमा अरू केही छैन । प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ । ’
प्रेम दिवस आफैँमा एक महत्वपूर्ण दिन, युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । प्रेम सम्बन्ध स्थापित भएका प्रेमी प्रेमिकाको प्रेम अझ दरिलो र सुदृढ पार्न मद्दत पुर्याउने दिन । यति प्यारो दिन, विश्वभरि मान्यता पाएको प्रेम दिवसको प्रारम्भ र महत्व बारेमा प्रष्ट पार्ने प्रयास यस लेखमा गरिएको छ । प्रेम दिवस को प्रारम्भ तेश्रो शताब्दीको अन्ततिर रोमनबाट सुरु भएको हो । तेश्रो शताब्दीको अन्ततिरबाट प्रारम्भ भएको प्रेमदिवस अहिले आएर विश्वभरि नै प्रसिद्ध भएको छ ।
आजका विश्वका युवायुवतीहरू प्रेम दिवसका दिन अत्यन्तै रमाउने गर्दछन् । विश्वव्यापी रूपमा मान्यता पाउँदै गएको यो दिवसले प्रेमको सार्थकता र उचाईलाई अझ बढी उचाईमा पु¥याउदै लगेको छ । प्रेम दिवसको प्रारम्भको इतिहासलाई फर्केर हेर्दा नारीसँगको सम्बन्धको कारण सुरक्षाकर्मीहरू कमजोर हुने र गाप्य सूचनाहरू बाहिर जाने डरले रोम सम्राटले प्रेम र विवाहमा रोक लगाए तापनि त्यसको उल्लंघन गर्दै भ्यालेन्टाइनले थुप्रै सैनिक र प्रहरीलाई वैवाहिक सूत्रमा बाँधिदिए पछि उनलाई सम्राटले मृत्युदण्ड दिए ।
रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनुभन्दा केही दिनअघि अन्तिम प्रेम पत्र लेखेका थिए ।उनको सामाधिस्तमा बनाएको स्मारकमा मानिसहरूले प्रेमका कारण उनले गरेको त्याग र प्रेम विवाहका कारण सम्राटबाट पाएको मृत्युदण्डलाई हाँसी हाँसी स्वीकार्नुलाई पूजा गर्दै प्रत्येक वर्ष उनलाई श्रद्धाञ्जली अर्पण गरे । त्यही दिनबाट या भना फेब्रुअरी १४ का दिन युवा युवतीले प्रेम पत्र साटासाट गर्न थाले र फेबु्रअरी १४ लाई विशवभरि नै प्रेम दिवसको रूपमा मनाउन थालियो । अहिलेको विश्वमा प्रेमपत्रहरू आदान प्रदान गरेर, कार्ड तथा फूलहरू दिएर, इमेल इन्टरनेटको माध्यमबाट भावनाहरू साटासाट गरेर प्रेम दिवस मनाइन्छ ।
हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता , घृणा, हत्या , अन्याय ,अत्याचार, युद्ध,धोका , दुःख,पीडा जस्ता नराम्रा कुराहरू प्रेमको अभावमा हुने गर्दछ । यसै कुरालाई मनन् गरेर विश्व चर्चित व्याक्तित्व माहात्मा गान्धी भन्नुहुन्छ । –‘प्रेम भन्दा ठुलो वस्तु संसारमा अरू केही छैन । प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ । साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान वैज्ञानिक, दार्शनिक, चिन्तकहरूले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन । आजको विश्वमा उमेर पुगेका युवा युवतीहरू प्रेम संसारमा अनुशासिल रूपमा लाग्नुलाई अन्यथाको रूपमा मान्नु हुँदैन ।
त्यसो त कलिलो उमेरका किशोर किशोरीहरूको बौद्धिकतामा आउन सक्ने कमीले गर्दा प्रेम वरदान नभएर अभिसाप पनि बन्न सक्दछ । कलिलो उमेरका किशोर किशोरीहरूले प्रेमभन्दा अध्ययन पूरा गरेर बसेका युवा युवतीहरूलाई भने प्रेमको ठूलो महत्व छ । प्रेमले युवा युवतीभित्र लुकेर रहेका अन्तर्निहित भावनालाई प्रस्फुुटित गरिदिन्छ र आफ्नो आनन्दमय जीवनलाई अगाडि बढाउँदछ । वयस्क अवस्थाका युवा युवती बीचमा प्रेमको अत्यन्तै आवश्यकता छ । प्रेमले गर्दा नै मानिसको जीवन सफल हुन्छ ।
प्रेम नभएको दाम्पत्य जीवन असफल र अपूर्ण हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम अद्भूत छ , यसमा स्वर्गीय आनन्द लुकेको छ । जीवनको सम्पूर्ण सुख भनेकै यही प्रेममा टिकेको छ । प्रेम दिवसमा युवा युवतीले मन खोलेर प्रेम प्रस्ताव राख्ने गर्दछन् । तसर्थ पनि प्रेम दिवसको महत्व आजको विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । जसरी प्रजातन्त्र प्रेमीहरूको लागि प्रजातन्त दिवसको महत्व छ , नारीहरूको लागि नारी दिवसको महत्व छ , त्यसैगरी प्रेमी प्रेमीकाहरूको लागि प्रेम दिवसको महत्व छ । फेबु्रअरी १४ का दिन विश्वभरिका अरबौँ युवा युवतीहरूले स्वच्छ आत्माले आ–आफ्नै ढंगले प्रेम दिवस मनाउँछन् ।
प्रतिक्रिया