एनएमएमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. लोचन कार्की विजयी भएका छन् । डा।. कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी पेसागत समावेसी प्यानलका उम्मेदवार डा. पुष्पमणि खरालले १ हजार ९ सय ९७ मत पाएका थिए ।

अध्यक्षमा विजयी कार्कीको मत खरालको भन्दा २ हजार १ सय ३२ बढी हो । वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा। शिवप्रसाद श्रेष्ठ विजयी हात पारे । उनले ३ हजार ५ सय ९५ मत हात पारे । उनकी प्रतिस्पर्धी पेसागत समावेसी समूहकी उम्मेदवार रक्षा श्रेष्ठले २ हजार २ सय ६२ मत हात प्राप्त गरिन् । यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका अनिलविक्रम कार्कीले ३ हजार ९ सय ४५ मत ल्याएर विजयी भए ।

पेसागत समावेसीका डा। रन्जितकुमार झाले १ हजार ९ सय ५४ मत प्राप्त गरे । अध्यक्षपछिको प्रमुख पद मानिने महासचिवमा लोकतान्त्रिक प्यानलका डा. बद्री रिजाल विजयी भए । उनले २ हजार ४ सय ३१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी पेसागत समावेसी समूहका महासचिवका उम्मेदवार डा. मधुर वस्नेतले १ हजार ३ सय ७८ मत ल्याएका थिए ।

स्वतन्त्रतर्फका उम्मेदवार डा. दीपेन्द्र पाण्डेले १ हजार ३ सय १ र अर्का स्वतन्त्र उम्मेदवार डा. अजयकुमार मिश्रले ८६९ मत प्राप्त गरे । सह–सचिवमा लोकतान्त्रिकका निरजकुमार सिंह ३ हजार ७ सय ९० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्धी पेसागत समावेसीका डा। शैलेन्द्र झाले १ हजार ८ सय ९४ मत ल्याएका हुन् ।

यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. प्रकाश बुढाथोकीले ३ हजार २ सय ७८ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी पेसागत समावेसीका उम्मेदवार डा. सञ्जितकुमार साहले २ हजार ५ सय ७९ मत ल्याए । सह–कोषाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलका उम्मेदवार डा। विश्वराज दवाडीले ३ हजार ९ सय ३५ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्र्धी पेसागत समावेसीका उम्मेदवार डा. उदयनारायण सिंहले १ हजार ९ सय ४२ मत ल्याए । ७ सदस्यमध्ये ६ जनामा लोकतान्त्रिक प्यानलले विजय हात पारेको छ भने एकमा पेसागत समावेसीका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै एनएमएका नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले आफ्नो टिमले निर्वाचनका समयमा आफूहरूले गरेको प्रतिवद्धता पूरा गरेर देखाउने बताएका छन् । मंगलबार निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई बधाइ दिन राखेको कार्यक्रममा डा. कार्कीले सम्पूर्ण चिकित्सकसामु गरेकोे प्रतिबद्धता कार्यान्वयनमा लान तत्कालदेखि नै सुरु गर्ने बताए । अमूल्य मत दिएर भारी मतान्तरका साथ जिताउने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै अध्यक्ष कार्कीले उनले भने, ‘यो खुसीको क्षणसँगै जिम्मेवारी थपिएको छ । हामी सबै चिकित्सकलाई साथमा लिएर ३ वर्षसम्म चिकित्सा क्षेत्रका समस्या समाधानमा लाग्छु, लाग्छौँ ।’

डा. कार्कीले नेपाल मेडिकल काउन्सिलले गर्ने गरेको सिपिडी प्रोग्रामलाई पुनः संघमा फर्काउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनका अनुसार चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघमा बढीभन्दा बढी गैरसरकारी तथा सरकारी चिकित्सकलाई आबद्ध गराउन प्रयत्न गन हो । उनले थपे, ‘हिजोको दिनसम्म प्रतिस्पर्धामा उत्रिए पनि आजबाट पेसागत हकहितका लागि सबैसित मिलेर अघि बढ्नेछु । चिकित्सा क्षेत्र र नेपाली जनताको सेवामा समर्पित हुन्छु ।

डा. कार्कीले अध्यक्षमा निर्वाचित भएसँगै आफू कुनै प्यानल र जातविशेषको नरहेको स्पष्ट बताए । ‘अहिल्यैदेखि म लोचन कार्की होइन, सबैको लोचन डाक्टर हुँ, । कुनै जात, गुट वा प्यानलभन्दा माथि उठेर समग्र पेसाकर्मी र चिकित्सा क्षेत्रको हकहितका लागि काम गर्नेछु ।’ कार्यक्रममा संघका पूर्वअध्यक्षहरूले नयाँ कार्यसमितिलाई बधाइ दिँदै मार्गनिर्देश समेत गरेका थिए । पूर्वअध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले नयाँ कार्यसमितिलाई चिकित्सकको सुरक्षाको ग्यारेन्टीका लागि काम गर्न सुझाव दिए । त्यसगरी, पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले सम्पूर्ण चिकित्सकको समस्या हल गर्न नयाँ समितिलाई अनुरोध गरे ।

प्रतिक्रिया