हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

विराटनगर । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकामा यही माघ २५ र २६ गते हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रम सुुरु भएको छ । विराटनगर महानगरपालिका उपप्रमुुख इन्दिरा कार्कीले महानगरको मूलगेट राखिएको केन्द्रमा हात्तीपाइले विरुद्धको औषधि सेवन गर्दै अभियानको शुभारम्भ गरिन् ।

औषधि सेवन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रमुुख कार्कीले हात्तीपाइले रोग विरुद्धको औषधि खाँदा आपूmलाई केही नभएकाले डर र कुनै शंका नगरी निर्धक्क भएर औषधि सेवन गर्न नगरबासीलाई आग्रह गरे । विगतका वर्षहरूमा भएका हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी नभएपछि यसपटकको नयाँ ढंगबाट महानगरपालिकाले औषधि खुवाउने अभियान सुरु गरेको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुुख रमेश कार्कीले अभियानअन्तर्गत ९० प्रतिशतभन्दा बढी नगरबासीलाई औषधि खुवाउने लक्ष्य रहेको बताए । उनले यसपटक दक्ष स्वास्थ्यकर्मी परिचालन गरी महागनरपालिकाका दुई लाख ४७ हाजार चार सय जनसंख्यालाई औषधि खुवाउने लक्ष्य लिएको बताए ।

आगामी वर्षमा औषधि नखुवाउने गरी शनिबार विभिन्न वडाको तोकिएका केन्द्रबाट भोलि २६ गर्ने घर–घरमा पुगेर तथा त्यसपछि पनि लक्ष्यमा नपुगेको निरन्तर तीन–चार दिनसम्म अभियान सञ्चालन गरी अभियानलाई परिणाममुखी बनाउने दाबी उनले गरे । विगतमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी नहुँदा छैटौँ चरणमा सक्नुपर्ने यो अभियान नवौँपटक सञ्चालन हुन लागेको हो । हात्तीपाइले रोग विरुद्धको औषधिले कुनै साइड इफेक्ट नपार्ने र यो औषधि सेवनबाट अहिलेसम्म कसैको मृत्यु नभएकाले निर्धक्क भएर औषधि सेवन गर्नसमेत महाशाखा प्रमुख कार्कीले आग्रह गरे ।

विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी बनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना दक्ष स्वयंसेविका परिचालन गरेको छ । महानगरपालिकाको १९ वटै वडामा १ सय ४७ वटा केन्द्र स्थापना गरेर रोगविरुद्ध औषधि खुवाइने कार्यक्रम सञ्चालन भइरहेको छ । सन् २०२० सम्म हात्तीपाइले रोग नियन्त्रण गर्ने सरकारको लक्ष्य रहेको छ । दीर्घरोगी, बिरामी, गर्भवती वृद्धवृद्धा तथा बालबालिकाले औषधि खान नहुने जनाइएको छ ।

प्रतिक्रिया