दादुरा र रुवेलाविरुद्ध अभियान चलाइदैं

काठमाडौं । सरकारले दादुरा, रुवेला रोग विरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । सन् २०२३ सम्ममा दादुरा र रुवेला नियन्त्रण गर्ने सरकारको उद्धेश्यअनुसार दादुरा रुवेला विशेष खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

मंगलबार काठमाडौमा पत्रकारहरूसंगको अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले खोप अभियान शुरु गर्नु अघि नै छ हजार स्वास्थ्यकर्मीलाई एकैपटक तालिम दिने योजना भएको जानकारी दिए । दुई चरणमा गरी दिइने सो खोप फागुन महिनाभरी प्रदेश नम्बर १, २ र ५ मा अभियानको रुपमा सञ्चालन गरिनेछ भने बाँकी प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चैत्र महिनाभर सञ्चालन हुने छ ।

यस खोपलाई अनिवार्य गरीएको श्रेष्ठले बताए । नियमित खोप लिइरहेका बालबालिकाले पनि यो अभियानमा खोप लगाउनुपर्ने छ । जन्मेको ९ महिना देखि ५ बर्ष उमेर समूहका करीब ३० लाख बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । साथै अभियानलाई सफल बनाउन खोप केन्द्र विस्तार गर्न लागिएको समेत डा. गौतमले बताए ।

हाल देशभर रहेका १६ हजार खोपकेन्द्रलाई विस्तार गरी ४५ हजार भन्दा बढी पु¥याइने उनले जानकारी दिए । खोप अभियानमा १ लाख बढी स्वयंसेवक र १० हजार बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अन्र्तक्रियामा डा. गौतमले लक्ष्यमा पूग्नका लागि स्वाथ्यकर्मीको पहलले मात्र नपुग्ने बताउदै आम सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने बताए ।

साथै उनले मिडियाले सकारात्मक प्रभावलाई समाचारको विषय बनाउनुपर्नेमा जोड दिएका थिए । उनले खोप अभियानका क्रममा देखिएका अवाञ्छित घटनाको तथ्य बुझेर मात्र सम्प्रेषण गर्न आग्रह समेत गरे । एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट त्यसआसपासका १६ जना सम्ममा सर्न सक्छ । नेपालमा यस वर्ष १ सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ ।

जसमा प्रदेश १ मा ३५, २ मा ८, प्रदेश ३ मा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो । सरकारले नियमित खोप अभियानका लागि बार्षिक रुपमा १ अर्व ६५ करोड रुपैयाँको खोप खरीद गर्ने गरेको छ । नेपालको खोप कार्यक्रमलाई ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी) ले ठूलो सहयोग गरेको छ । ‘ केही सर्त सहित अभियानमा गाभीको सहयोग छ, १ अर्व भ्याक्सिन गाभिले खरिद गरेको छ । हामी गरिव भएका कारण सहयोग लिनुपरको हो, खोप प्रमुख डा. गौतमले भने ।’

उनले खोप जनस्वास्थ्यको ठुलो उपलब्धि भएको भन्दै खोपकै कारण बालमृत्युदर कम गर्न सकिएको दाबी गरे । विश्वमा २५ भन्दा बढी खोपको प्रयोग भएपनि नेपालमा ११ रोगका लागि खोपको प्रयोग गरिदै आएको छ । कार्यक्रममा खोपकै कारण बच्चाहरूको मृत्यु नहुने बताएका थिए । डा. गौतमले भने, ‘तालिममा हामीले पहिल्यै भन्छौँ, यस्ता विरामी भएका बालबच्चालाई उक्त समयमा खोप नदिनुस् भनेर ।

जस्तोः बच्चालाई सास फेर्न गाह्रो भइरहेको छ, ज्वरो आएको छ यस्ता प्रश्न खोप दिनुअघि नै भन्ने र उक्त विरामीलाई त्यहि समयमा नभएर केही समयपछि मात्रै खोप दिइन्छ ।’ उनले थपे, ‘केही उपबुझ्झुक, बढी जान्ने, धेरै पढेका, शिक्षित भन्नेहरूले नै आफ्नो बालबच्चालाई खोप नलगाउने र पछि लगाउँछु भन्ने सोच गर्दछन् तर त्यसो गर्न हुँदैन, बच्चालाई खोप लगाउनुस् ।’

प्रतिक्रिया