क्रान्तिकारी महिला संघको सम्मेलन मंसिरमा

काठमाडौं, १२ साउन । सत्तारुढ एकीकृत माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले मंसिरको अन्तिम साता आफ्नो छैटौं राष्ट्रिय सम्मेलन चितवनमा गर्ने निर्णय गरेको छ ।
छैटौं राष्ट्रिय सम्मेलन आयोजक समितिद्वारा आज जारी विज्ञप्ति अनुसार संघको महाधिवेशन मंसिर–२४, २५ र २६ गते चितवनमा गर्ने निर्णय गरिएको जनाएको छ ।
पार्टी विभाजन पछि पहिलो पटक बसेको संघको बैठकले सीता पोखरेलको अध्यक्षतामा २ सय ५ सदस्सीय आयोजक समिति समेत बनाएको छ । संघले १६ वटा विभाग पनि निर्माण गरेको जनाएको छ ।
एमाओवादी विभाजन पछि संघको पहिलो बैठक विहीबार पार्टी मुख्यालय कोटेश्वरमा बसेर महाधिवेशनको निर्णय गरेको हो ।

प्रतिक्रिया