गोविन्दालाई मन परेन रिमिक्स

एजेन्सी, मुम्बई । बलिउडमा पछिल्लो समय पुराना चलचित्रका चर्चित गीतको रिमिक्स गर्ने प्रचलन बढेर गएको छ । यसैबीच, सन् १९९८ मा रिलिज भएको गोविन्दा तथा रविना टण्डन अभिनीत चलचित्र ‘दुल्हे राजा’ मा रहेको ‘अंखियो से गोली मारे’ गीतको रिमिक्स रिलिज भएको छ । यस गीतलाई कार्तिक आर्यन, अनन्या पाँडे, भूमि पेडनेकर अभिनीत चलचित्र ‘पति पत्नी और वो’ चलचित्रमा रिमिक्स गरिएको छ ।

गीतको रिमिक्सलाई दर्शकले राम्रैगरी मनपराए पनि अभिनेता गोविन्दालाई भने मनपरेन । एक बलिउड वेभसाइटका अनुसार अभिनेता गोविन्दाले गीतका बारेमा स्पष्टरूपमा नबोले पनि उनलाई गीत मनपरेको छैन । गीत मननपरे पनि गीतका बारेमा बोलेर पब्लिसिटी नदिने मुडमा गोविन्दा नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया