काठमाडौं । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवा सञ्चालनमा ल्याइएको छ ।
उक्त काउन्टर तथा एटिएमको प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे । सभामुख महराले सरकारी बैंकको सेवाबाट माननीय सांसद ज्यूहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।
उक्त समारोहमा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सशि श्रेष्ठ, महिला समितिका सभापति निरु पाल लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया