काठमाडौं । नबिल बैंकले ३५औँ वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उदेश्यले मीनभवन नजिकको वाग्मती नदीको किनारामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको ३० औँ वार्षिकोत्सवको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजनाको सुरुआत गरिएको थियो र त्यस समयपछि बैंकले यस क्षेत्रमा नियमितरुपमा वृक्षहरुको सुरक्षा, सरसफाइ तथा थप वृक्षरोपण कार्यक्रम आयोजना गर्दै आएको छ ।
बैंकको वार्षिकोत्सवको अवसरमा खेलकुद लगायत वृक्षरोपण तथा सरसफाई कार्यक्रम आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका सञ्चालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया