अनाथ बालबालिकाका सहाय बन्दै थापा

दोलखा । जिल्लाको गौरीशंकर बालगृहका अनाथ बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कुल ब्याग सहयोग गरेका छन् ।

बालगृहमा रहेका २९ जना बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बिहान बालगृह पुगेर ३१ हजार बराबरको स्कुल ब्याग, मिठाइ र खानेकुरा बाँडेका हुन् । .

भीमेश्वर नगरपालिका– ५ मा रहेको बालगृहका थापाले बालगृहमा रहेका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट बर्सेनी सहयोग गर्दै आएको केन्द्र प्रुमुख सुरज बिष्टले बताए ।

‘अघिल्लो वर्ष थापाले ओच्छ्याउने तन्नाहरू साथै दुई वर्षअघि स्टेसनरी सामग्री सहयोग गर्नुभएको थियो ’ उनले भने । उनका परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ त्यही अनुसारको सामान बोकेर अनाथहरूलाई सहयोग गर्ने गरेको विष्टले जानकारी दिए ।

चरिकोटस्थित सातदोबाटो चोकका थापा हार्डवेयरलगायतका व्यवसायमा संलग्न छन् । थापा दोलखा उद्योग वाणिज्य संघका वरिष्ठ सदस्यसमेत हुन् ।

नेपाल बाल संगठनद्वारा सञ्चालित यो बालगृह संगठनकै बजेटबाट चल्ने गरेको छ । यस्तै बेला बेलामा सहयोगी भावना भएका मनकारी मानिसले समेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको बिष्टले बताए ।

प्रतिक्रिया