काठमाडौँ । आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारीको आज श्वदेश काठमाडौँ आगमन भएको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थित थियो ।
चीनमा रहँदा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी भएकी थिइन् । सोही क्रममा उनले उक्त फोरमलाई विशेष सम्बोधन गरेकी थिइन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए । सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएको थियो भने उनिहरूको उपस्थितिमा दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया