इलाम । नेपाल कम्युनिष्ट पार्टीका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले देशमा विकासको काम तीव्र रूपमा भइरहेको बताएका छन् ।
इलाम देउमाई नगरपालिकाको पर्यटन र साहित्य महोत्सवको आज उद्घाटन गर्दै उनले भने, ‘सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर मुलुकको विकास निर्माणमा लागेकाले यसमा सबैले सहयोग गर्नुपर्छ ।’
नेता नेम्वाङले नेकपाको नाममा रहेको ‘विप्लव’ समूहले अहिले मुलुकमा विध्वश र त्रास फैलाउन लागिपरेको बताउँदै राष्ट्र निर्माणका लागि अब बन्दुक बोकेर हिँड्न सम्भव नभएको बताए ।
उनले देउमाईको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्दै इलाम आफैंमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य हुने बताए ।
प्रतिक्रिया