पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे गीत बिमाेचन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताएका छन् । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उहाँले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताएो । उहाँले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गरे ।

मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ, उनले भनेो, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ । प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि दिनदिनै नयाँ संरचना बनाउनका लागि उद्घाटन शिलान्यास गर्दै गइरहेको उल्लेख गरे ।

आर्थिक विकासलाई तीव्रता दिइएको छ । दिनदिनै नयाँ योजनाको शिलान्यास हँुदै आएका छन्, उनले भने, “हरेक दिन एक कदम अगाडि नेपाललाई बढाउने उद्देश्यका साथ काम भइरहेको छ । कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रका काम अगाडि बढेका छन् । प्रधानमन्त्री ओलीले नेपाली जनतालाई सुख दिने गरी मुलुक तीव्र परिवर्तनका क्रममा रहेको दावी गरे ।
देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनकाक्रम बढेको छ, उनले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ । प्रधानमन्त्री ओलीले लोकतन्त्रको वास्तविक रक्षा गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने बतए ।

हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौँ, उनले भने, “हरेक व्यक्तिले महसुस गर्नेगरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौँ । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।

प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र उत्तरदायी भएर जनतालाई सहुलियत सेवा कसरी बनाउने भन्नेमा सरकार प्रतिवद्ध भएर लागेको बताए । उनले सामाजिक न्यायसहितको समाजवाद ल्याउन आफूहरु लागिपरेको भन्दै शिक्षा र स्वास्थ्यमा गुणात्मक परिवर्तन आवश्यक रहेको धारणा राखे ।

कला, संस्कृति साहित्यमा अग्रगमन समृद्धि ल्याई समतामूलक समाज निर्माण गर्नुपर्नेमा उनको भनाइ थियो । उनले अन्धविश्वास र पछौटेपनलाई परिवर्तन गर्नका लागि सामाजिक जागरण आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको बहुआयामिक प्रतिभाका रुपमा समेत प्रस्तुत भएको बताए ।

उनले खनालका गीतमा देश प्रेम तथा राष्ट्रिय एकताको भावना रहेकाले मुलुकको परिवर्तनतर्फ गएको सङ्केत गरेको बताए । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथले यति राम्रो सिर्जना गर्नुभएको छ, उनले भने, “उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।

कार्यक्रममा गीतकार खनालले राजनीतिक परिवर्तन पुरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । उनले सामाजिक, आर्थिक रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकाले अशिक्षा, बेरोजगारजस्ता पछौटेपनलाई उन्मूलन गरी मुलुकमा समृद्ध ल्याउनुपर्ने बताए । उनले गीतमा रहेका शब्दले मुलुकलाई आर्थिक विकास गर्नमा सहयोग पु¥याउने दावी गरे ।

आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भएको पनि फुर्सदको समयमा गीत लेख्ने गरेको बताए । म राजनीतिक व्यक्ति हुँ, मेरो पहिचान राजनीतिक हो, उनले भने, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।

उक्त एल्बममा देशको माया, एकता, अग्रगामी, युवा, श्रमिक र इलामका बारेमा १० वटा गीत रहेका छन् । उक्त एल्बममा रहेका गीतको सङ्गीत मिलन तिमिल्सीनाले गरेका छन् भने गीत यम बराल, आनन्द कार्की, ज्ञानु राणा, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराललगायत कलाकारले गाएका छन् ।

खनालले यसअघि विसं २०६५ फागुनमा ‘परिवर्तनका स्वर भाग–१’ एल्बम निकालेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायत सहभागी थिए ।

प्रतिक्रिया