पल्सर उत्कृष्ट खेलाडी मनोनयन सार्वजनिक

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट खेलाडीको मनोनयन मंगलबार सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुष स्पर्धामा पौडीका शैलेश राणा, क्रिकेटका पारस खड्का, एथलेटिक्सका तिलकराम थारू, गोल्फका शिवराम श्रेष्ठ र घोडचढीका ध्रुवप्रसाद अर्याल रहेका छन् ।
महिला स्पर्धामा भारोत्तोलनकी तारादेवी पुन, एथलेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबलटेनिसकी नमिता श्रेष्ठ र ब्याडमिन्टनकी नङसलादेवी तामाङ रहेका छन् । वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा क्रिकेटकी रुबिना क्षत्री, एथलेटिक्सका सिद्धान्त अधिकारी र विश्वरूपा बुढा, पौडीका शिरीष गुरुङ र क्रिकेटका पृथु बास्कोटा रहेका छन् । प्रशिक्षकमा तीनैजना क्रिकेटसित सम्बन्धित छन् जसमा क्रमश: नेपाली क्रिक्रेटका श्रीलंकन प्रशिक्षक पुबदु दासानायके र जगत टमाटा तथा नवीन सिंह मनोनयनमा परेका छन् । यसैगरी जुडोका वीरबहादुर राना र पौडीका ईश्वर कार्की पनि मनोननयमा परेका छन् ।

 

प्रतिक्रिया