वार्षिक २७ हजारको अकालमा मृत्यु

काठमाडौं । नेपालमा वार्षिक करिब २७ हजार व्यक्ति अकालमा मर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजना गरिएको ‘राष्ट्रिय बहुक्षेत्रीय सूर्तीजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना विकासका लागि सुझाव संकलन गोष्ठी’मा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्त के. सीले सो तथ्यांक सार्वजनिक गरेका थिए । उनका अनुसार बिश्वमा ५ सेकेण्डमा १ व्यक्ति धुम्रपानजन्य रोगका कारण मृत्यु भइरहेको छ । बिश्वका बार्षिक करीब ७० लाख व्यक्ति र नेपालमा करीव २७ हजार व्यक्ति अकालमा मर्ने गरेका छन् । यदि यही अबस्था छोडिरहने हो भने २०३० सम्ममा यही कारण बार्षिक ८० लाख व्यक्तिको मृत्यु हुने देखिएको छ ।

काठमाडौं महानगरपालिकाले सूर्तीजन्य पदार्थ नियमन गर्न कार्ययोजना नै बनाएर कार्यक्रम सञ्चालन गरेको छ । हाल सहरमा धुम्रपान तथा सूर्तीजन्य बस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ्य एवं स्वच्छ सहर निर्माण गर्नका सो कार्यक्रमको थालनी गरिएको कामपाले जनाएको छ । बुलुम्बर्ग फिलानट्रोपिज तथा भाइटल स्ट्राटेजीको सहयोगमा सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य बस्तुको नियमनका लागि १८ महिने कार्यक्रम सञ्चालन गरेको कामपाले जनाएको छ ।

धुम्रमान तथा सूर्तिजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य, वातावरणमा हानी पु¥याउने तथा सामाजिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा प्रत्यक्ष असर पु¥याउने भएकोले अप्रत्यक्ष कारणबाट हुने प्रत्यक्ष क्षति रोकिने महानगरको अपेक्षा छ ।

२०१३ मा गरिएको नसर्ने रोगहरूको (एनसिडि नन कम्युनिकेबल डिजिज) जोखिमका चरण सर्वेक्षणअनुसार नेपालका करीब ३०.५ प्रतिशत व्यक्तिले कुनै पनि किसिमको धुम्रपान वा सूर्तीजन्य पदार्थको सेवन गर्दछन् । त्यस्तै करीब ३६.१ प्रतिशत व्यक्तिहरू उनीहरूले प्रयोग गरेको सूर्तिजन्य बस्तुको धुँवाको असरबाट घर वा कार्यस्थलमा प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालका करीब १५ प्रतिशत महिलाहरू धुम्रपान वा सूर्तिजन्य बस्तुको प्रयोग गर्छन् ।

सरकारले २०४९ देखि सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गरे पनि हालसम्म कार्यन्वयन हुन सकेको छैन । अहिले बिश्वमा सर्ने रोगभन्दा नसर्ने रोग मानवीय मृत्युको कारण बनिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्य अनुसार नसर्ने रोगका प्रमुख ५ कारणमध्ये धुम्रपान, मदिरापान, अस्वस्थ्यकर आहार, निष्क्रिय जीवनलगायत छन् ।

महानगर क्षेत्रभित्रका व्यवसायमा सुर्ती र सुर्तीजन्य वस्तुको कारोबारलाई वस्तुगत तथ्यमा उतारेर नीतिमार्फत नियमन गरिने कामपाकी उपप्रमुख हरिप्रभा खड्गीले बताएकी छिन् । धुम्रपानले पार्ने प्रभाव डरलाग्दो छ । यसले प्रयोगकर्तालाई मात्र नभइ, उसको नजिकमा रहेको व्यक्तिलाई पनि असर गर्छ । सो व्यक्तिले ठूला रोगसँग सामना गर्नुपर्ने भएकोले आर्थिक अवस्था कमजोर हुने गर्दछ । वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम चलाउनुपर्ने खड्गिको भनाइ थियो ।

सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रंगशाला, कर्भडहल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर आदि) मा धुम्रपान तथा सूर्ती सेवन गर्न नपाएने व्यवस्थान छ ।

प्रतिक्रिया