डडेल्धुरा । जिल्लामा रहेको उपक्षेत्रीय अस्पताल विशिष्ट विशेषज्ञ सेवासहितको पाँय सय शय्यामा स्तरोन्नति हुने भएको छ । नेपाल सरकारको निर्णयअनुसार अस्पतालको स्तरोन्नति हुने भएको छ ।
डडेल्धुरामा रहको उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई नेपाल सरकारले संघमा राख्दै विशिष्ट विशेषज्ञ सेवासहितको स्तरोन्नति गर्ने निर्णय गरेको छ । अस्पताललाई पाँच सय शय्याको अस्पतालमा स्तरोन्नति गर्ने परिपत्र प्राप्त भएको निमित्त मेसु सुवास लामिछानेले बताएका छन् । उनले भने, ‘अस्पतालको स्तरोन्नतिले सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लाका बिरामीले प्रत्यक्षरूपमा सेवा लिनेछन् ।
सरकारले यो भन्दा पहिले डडेलधुरा अस्पताललाई उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति गरको भए पनि अस्पतालले गुणस्तरीय सेवा दिन नसक्दा अञ्चल अस्पतालमा बिरामीलाई बिरामी रिफर गर्नुपर्ने अवस्था रहको थियो ।
विशेषज्ञ सहितको सेवा नहुँदा डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूका बिरामीले उपचारका लागि धनगढी, नेपालगञ्ज र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता रहेको र सरकारले उपक्षेत्रीय अस्पताललाई विशिष्ट विशेषज्ञ सहितको स्तरोन्नति गर्ने भएपछि यो बाध्यता अन्त्य हुने उद्योग वाणिज्य संघ डडेल्धुराका वरिष्ठ उपाध्यक्ष भोजराज भट्टले बताए । उनले भने, ‘सरकारले स्तरोन्नतिका लागि परिपत्र मात्र नगरी यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनु पर्दछ ।
नेपाल सरकारको करिब ४५ करोड रुपैयाँको लागतमा निर्माण हुन थालेको सुविधा सम्पन्न अस्पतालको भवनको ठेक्का भई निर्माण कार्यसमेत सुरु भइसकेको छ । बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा अढाई तलाको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ ।
प्रतिक्रिया