शिविरमा ८ हजार बढीको आँखा जाँच

माघ । जिल्लाको खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कानको जाँच शिविरमा आठ हजार बढीले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योती संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ८ हजार ५ सय २७ जनाले सेवा लिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज छितिज बरालले बताए । गत २ माघबाट सुरु भएको शिविर सोमबार सम्पन्न भएको थियो ।

शिविरमा नगरक्षेत्र भित्रका ३८ वटा विद्यालयका ७ हजार १५ जना तथा स्थानीय १ हजार ५ सय १२ जनाले आँखा तथा कानको जाँच गराएका थिए ।

स्थानीय मध्ये ९५ जनामा मोतिया विन्दु भेटिएको र तीन सय विद्यार्थीको पुन आँखाको जाँच गर्नुपर्ने भएकोले खाँदबारी रिफर गरिएको बरालले बताए । बरालका अनुसार विद्यार्थी ४० जनामा र स्थानीय ६० जनाको कानको जालीमा प्वाल परेको भेटिएको छ ।

छनोट भएका मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया यही २५ र २६ माघमा गरिने भएको बरालले बताए । शिविरमा ६ सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

प्रतिक्रिया