प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आज राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउको हो ।

चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेकोमा प्रतिपक्ष दल नेपाली कांग्रेस आली सरकाररिुद्ध रुष्ट बनेको छ । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मलाको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न समेत नेविसंघले माग गर्दै आएको छ ।

प्रतिक्रिया