अब आफ्नै ठाउँमा डिग्री पढ्न पाइने

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहूमूखी क्याम्पसमा यहि शैक्षिक सत्रदेखि एमएड कक्षा संञ्चालन हुने भएको छ ।

सेमेस्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकायमा एमएड कक्षा संञ्चालन हुने भएको हो । त्रिभुवन विश्व विद्यालयबाट संम्बन्धन दिने निर्णय भएसँगै क्याम्पसले अध्यन गर्न इच्छुकका लागि सार्वजनिक सूचना मार्फत आवेदन समेत माग गरेको छ ।

मंसिर २८ गतेदेखि माघ ३ गतेसम्म आवेदन फाराम बुझाउने अवधि तोकिएको पाथीभरा बहूमूखी क्याम्पस संञ्चालन समिति अध्यक्ष गजेन्द्र तुम्याङले जानकारी दिए । क्याम्पस प्रमूख मोहन कुमार राईका अनुसार माघ ३ गतेसम्म आवेदन शुल्क दुई हजार र माघ १० गतेसम्म विलम्ब शुल्क वापत ३ हजार पाँच सय तोकिएको छ ।

प्रवेश परिक्षा माघ १९ गते दिउँसो १ बजे क्याम्पसमा हुने क्याम्पस प्रमूख राईले जानकारी दिए । डीग्री संञ्चालनका लागि गतवर्ष क्याम्पसमा महायज्ञ संञ्चालन गरेको थियो । उक्त महायज्ञमा आर्थिक तथा भौतिक सहयोगदाताहरुप्रति क्याम्पसले धन्यबाद समेत ज्ञापन गरेको छ । जिल्लामै डीग्री संञ्चालन हुनेभएपछि विद्यार्थी तथा अभिभावक लगायत जिल्लाबासी खूसी बनेका छन् ।

प्रतिक्रिया