होली वाइनले पवित्र पारेका आत्मा

उ वेला माओवादी युद्धकालमा गाउँका मन्दिर देवी देवताका थानमा धर्म विरोधी काम गरेको हामीले देखेकै हो । दूरदराजका देवीदेवताका थान भत्काउन लगाई धामी झाँक्रीलाई समेत अपमान गरेको नेपाली जनताले भुलेका छैनन्

केही दिन पहिले आफूलाई परमात्माकी छोरी भनेर घोषणा नै गरेकी युनिफिकेसन चर्च कि प्रमुख हक जा हान मुनले नेपालमा आएर एक हजार पाँच सय जोडिलाई पवित्र वाइन खुवाएर आफ्नो वंसमा समाहित गरिन् । यो समारोहलाई वैवाहिक प्रतिबद्धता तथा शान्तिदूत समारोह भनियो यो सभा क्रिस्चियन धर्म परम्परा अनुसार वैवाहिक जोडीलाई एकै मञ्चमा बोलाएर परमात्माको नाम जप्न लगाई वैवाहिक प्रतिबद्धता जनाउन लगाइन्छ ।

उक्त समारोह युनिफिकेसन चर्चको लोकप्रिय समारोह अन्तर्गत पर्दछ । यो समारोहमा पवित्र वाइन चाख्नेहरू क्रिस्चियन भएकी भएनन् त्यो वाइन चाख्नेहरूले जानुन तर, यो कार्यक्रम धर्म निरपेक्षक राष्ट्रको मान्यता विपरीत एउटै धर्मको महाकुम्भ मेलामा सरकारको भरपुर प्रयोग भने भएकै हो । हान मुनको हातबाट नेपालका नेता तथा जनप्रतिनिधिहरूले आर्शिवाद र पवित्र वाइन चाखेपछि पवित्र ठहरिए ।

सुरुमै खरोरूपमा भन्नुपर्दा यो आर्शिवादले समग्र कम्युनिस्ट आन्दोलनको र्दाशनिक पक्षमाथि नै प्रहार गरेका भन्न मिल्छ । हुनतः यो कार्यक्रममा सन्त नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, रामवरण यादव सम्म सहभागी भई कार्यक्रम सम्पन्न गरेका थिए र केपी ओलीले पाएको उपहार गिरीजाप्रसाद कोइरालालेसमेत पाइसकेका थिए । तर, पहिलेको कार्यक्रममा देशभरिबाट जनप्रतिनिधिहरूलाई बोलाएर पवित्र वाइन खुवाउन लगाइएको थिएन र विरोध नभएको मात्रै हो ।

अहिले खरो राष्ट्रवादीका रूपमा समृद्धिको नारा बोकेर सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्री ओली आगन्तुक पाहुनासंँगै ३ दिन होटलमा बसे । पाहुना आउँदा कुनै पनि नेता तथा प्रधानमन्त्रीले राजधानीमै होटेलको वास गरेका थिएनन् । यसो भनौँ कुनै पनि देशमा जतिसुकै उच्चस्तरको सम्मेलन भए पनि राजधानीमै सम्पन्न कार्यक्रममा प्रधानमन्त्री होटलमा बसेको इतिहाससम्म पढ्न नपाउनु मेरो कमजोरी हो की ? तर, नेपाका प्रधानमन्त्रीले पाहुनालाई भेटघाट गर्न आवत जावतमा समस्या पर्ने भन्दै होटेलको बसाइले एक स्वतन्त्र राष्ट्रको प्रतिष्ठमा आँच आउने कुरामा सम्म ख्याल नगरेको देख्दा कुटनितिक रूपमा सरकार सफल भएको देखिँदैन ।

समृद्धि राष्ट्र र सुखी नेपालीको नारा लिएर २०२० लाई प्रर्यटन वर्ष मनाउँदै गर्दा नेपालमा २० लाख प्रर्यटन भित्र्याउने लक्षको सुरुआत भएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको ढोका यो सम्मेलनले खोलेको समेत भन्न भ्याए । सामाजिक सञ्जालमा यो सम्मेलनले गर्दा ओलीलाई धर्म बेचेर खाएको आरोप लगाउनेको पनि कमी देखिएन । नेपाल सरकार सह–आयोजक भएर राजधानी काठमाडांैमा तिन दिनसम्म सञ्चालन गरिएको एक गैरसरकारी संस्था, युनिभर्सल पिस फाउन्डेसनले आयोजना गरेको एसिया प्यासिफिकमा जब सिंगो कार्यक्रम ‘ब्लेसिङ’ लक्षित भयो तब नेपालको धर्म संस्कृतिमाथि हमला भएको सहभागीहरूले छनक पाए ।

पचास देशका पाहुनालाई प्रधानमन्त्रीको नामबाट निम्तो पठाई सरकार सहआयोजक भएको यो पहिलो कार्यक्रम होला जहाँ सरकार र संसद् सहआयोजक छन् । अब कुरा गराँै नेपालका कुरीति र कुसंस्कार भन्दै कम्युनिस्ट विचार धारा भएका नेता कार्यकर्ताले गरेका कामहरूका बारेमा । कम्युनिस्टहरूले ईश्वर र धर्म मान्दैनन् । यो सार्वभौम सत्य हो । तर, कम्युनिस्टहरूले जनतालाई धर्म नमान्न दबाब र दमन पनि गर्दैनन् । बरु वैज्ञानिक चेतनाको प्रचारप्रसार गर्दै जनतालाई द्वन्द्वात्मक भौतिकवादी बन्न प्रयत्न गर्छन् ।

नेपालमा कम्युनिस्ट नेताहरूले पनि कुनै पनि मन्दिरमा पूजा नगरेको भन्दै आएका छन् भने अधिकांश नेताहरू हिन्दू संस्कार र धर्म मान्दै आएका पनि ध्रुवसत्य कुरा हो तर नेपाल ८० प्रतिशत ओमकार परिवार भएको देश पनि त हो । त्यति मात्र हैन कम्युनिस्टले अमूक धर्मलाई राज्य बनाउने र सो राज्यमार्फत अरू धर्महरूलाई दमन गर्ने परिपाटीको विरोध गर्छन् । नेपाल धर्म निरपेक्ष बन्नुको पछाडि यहि एक धर्मले अरूमाथि आन्तरिक अतिक्रमण नगरोस् भन्नका लागि हो तर नेपालमा ठीक विपरीत भएको छ । अहिले धर्म निरपेक्ष नेपाल भएपछि देशमा इसाईकरण बढेको छ धर्म निरपेक्षका पक्षधरहरू अहिले यसकै विरोधमा लागेका छन् ।

उ वेला माओवादी युद्धकालमा गाउँका मन्दिर देवी देवताका थानमा धर्म विरोधी काम गरेको हामीले देखेकै हो । दूरदराजका देवीदेवताका थान भत्काउन लगाई धामी झाँक्रीलाई समेत अपमान गरेको नेपाली जनताले भुलेका छैनन् । हुँदाहुदाँ तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूको धर्म भनेकै क्रिस्चियन धर्म हो भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकै हो । हिन्दू धर्मलाई ब्राहमण धर्म भनेर प्रचार गर्ने र ब्राहमणले जनै लगाएको विरोध र खिल्ली उडाउने कम्यनिस्ट सरकारले फिजीजस्तो देशले सम्मेलन गर्न अस्वकार गरेका चर्चको कार्यक्रम नेपालमा सम्पन्न गराए वापत पाएको दक्षिणा सुटुक्क ग्रहण गरे ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि गाउँ पसेका एनजिओ आइएनजिओहरूले पनि हिन्दू धर्मभित्र कुरीति र कुसंस्कार भएको कुरालाई प्रमुख मुद्दा बनाएर आफूले कमाइ खाने भाडो धर्मलाई नै बनाएको घटना जीवितै छ । उदाहरण नै दिने हो भने मैले सानो छदाँ देखेको र भोगेको कुरा उ वेला मेरो धर्ममा भएको कुसंस्कार अहिले विश्वका सबै धर्ममा मिल्दोजुल्दो देखिरहेको छु । मेरी आमा छाउ (महिनावारी) भएको चार दिनमा नुहाइधुवाइ गरेपछि मैले गोठमा भएको बाच्छीको गउत (गौमूत्र) दिने गर्थे र गउत खाएपछि मात्र मेरी आमा भात भान्छा पस्नुहुन्थ्यो ।

पछि थाहा भयो यो त कुसंस्कार रहेछ । अहिले मुनले होली वाइन खुवाएपछि पवित्र पारेको आत्माको चित्कार सुन्दा थाहा भयो छाउप्रथा कुसंस्कार भए पनि गउत र पञ्चगव्य सेवन गरेर शुद्ध हुनु संस्कार नै रहेछ । अहिले आएर यो कुरा पुष्टि भयो कम्युनिस्टहरू इसाईहरूको संस्थामार्फत चलेको पार्टी रहेछ भनेर । मैले आमा र बालाई कहिल्यै सोधिनँ गाईको गहुँतमा के छ त्यस्तो जो खाएपछि मान्छे शुद्ध हुन्छ ? तर आस्था र धर्ममा बाँधिएको म र मेरो परिवारले अहिलेसम्म पनि गहँुत खाने चलन छोड्न सकेको छैन ।

जसरी युनिभर्सल पिस फेडेसनका अध्यक्ष हक जा हान मुनले मेरै देशको राजधानी काठमाडाैंमा आयोजित एक धार्मिक कार्यक्रममा एक हजार पाँच सय जोडिहरूलाई पवित्र रक्सी खुवाएर आफ्नो वसमा सामेल हुन पवित्र पारिन् । मैले त्यो पनि सोध्ने र जान्ने साहस गर्न सकिनँ । त्यो पवित्र रक्सीमा के मिसाइएको हुन्छ भनेर । गाईको गाउतबाट बनेको पञ्चगव्यलाई अपवित्र मान्ने इसाई सन्ततिहरू वाइनमा के मिसाएपछि पवित्र मान्दा रैछन् ? यो प्रस्न मनमै किलो गाडेजसरी गाडिरहेको छ ।

हानले एक गिलास पवित्र बनाइन् खुवाएपछि जाडोमा एक ज्याकेट र आते जाते पिलेन खर्चको लागि काठमाडाैं पुगेका हरूको आत्मा पवित्र पारिन् तर हिन्दू धर्मको संस्कार मान्दै आएका र गौमूत्रबाट बनेको पञ्चगव्य खाएर उनीहरू कहिल्यै पवित्र भएनन् । हिन्दू धर्ममा गाईको गहँुत खान्छन् र गाईको दूध र दही नै पूजाआजामा । स्वास्थ्यका दृष्टिले पनि गाईको गहुँत दैनिक सेवन गर्नाले विभिन्न रोग निको हुन्छ । चिकित्सा विज्ञानका अनुसार गाईको गौमूत्रमा पोटासियम, सोडियम, नाइट्रोजन, युरिक एसिड हुन्छ ।

अझ भन्ने हो भने दूध दिइरहेको गाईको गौमुत्रले त झन् ल्याक्टोजनको मात्र बढी हुने भएकाले हृदय रोगसमेत निको पार्छ । उच्च रक्तचाप र हड्डीसम्बन्धी रोगसमेत निको पार्छ । पवित्र वाइनले के निको पार्छ भन्नेकुरा कसैलाई थाहा छैन तर सरकारले नै सार्वजनिक कार्यक्रममा रक्सी अथवा मुनले भन्ने गरेको पवित्र वाइन खुला रूपमा सेवन गरे । तर, कसैले सोधेनन् किन वाइन सेवन गरियो भनेर । त्यसो भन्नुको अर्थ हिन्दू धर्मको अन्धविश्वासको ठाउँमा क्रिश्चियन धर्म वा अरू धर्मको अन्धविश्वासलाई कम्युनिस्टहरूले समर्थन गर्ने कुरै आउँदैन् । यथार्थमा कम्युनिस्टहरू नस्तिक नै हुन्छन ।

नेपालका कम्युनिस्टहरूको स्थापनाका ७० वर्ष पुगेपछि पुनः धर्म र ईश्वरकै प्रार्थनामा कम्युनिस्ट नेताहरूले यतिसम्मको ताण्डव नै गरेको देख्दा नेपाली माक्र्सवादका संस्थापक पुष्पलालको मृत आत्माले के सोच्दै होला ? नेपालजस्तो गरिब तर राजनैतिक महत्वका देशहरूभित्र पसेर त्यहाँको रैथाने धर्मका विकल्पमा क्रिश्चियन धर्मलाई स्थापित गर्न मिसनका रूपमा अस्पताल र शैक्षिक सस्थामा पस्ने र रैथाने धर्मलाई तहसनहस गरेर क्रिश्चियन धर्म लागू गर्ने योजना अगाडि सारेका छन ।

हाम्रो जस्तो देशमा इस्लाम र बौद्ध धर्मले हिन्दू धर्ममाथि त्यति हस्तक्षेप गरेका देखिन्न तर इसाई (क्रिश्चियन) धर्म भने बडो आक्रमक भएर आएको छ । क्रिश्चियन धर्मले हिन्दूभन्दा पनि बौद्ध धर्ममाथि हमला गर्दै आएको कुरा कसैले नकार्न सक्दैन । सरकारले पनि बौद्धधर्मका देउता गौतम बुद्ध जन्मेको ठाँउ र जानकी जन्मेको ठाँउ शिवको आध्यात्मक स्थललाई बलियो रूपमा प्रचार गर्न नसक्ने तर आइएनजिओको पैसाको बलमा आयातित धर्मकी स्वोघोषित चेलीलाई ढोग्न जाँदा नेपालीहरूको संस्कारमाथि नै हमला भएको मानिन्छ ।

विदेशको लगानीमा अस्पताल, स्कूल खोलेर समाजसेवा गरेजस्तो गर्दै दुर्गम क्षेत्रमा छिर्ने, अस्पतालका बिरामीहरू र विद्यालयका छात्रछात्राहरूमा ईसा मसिह (जिसस क्राइस्ट) का चमत्कारहरू व्याख्या गराउँने र साना पुस्तिकाहरू निःशुल्क बाँडेर उनीहरूको मनोविज्ञान खिच्ने । यसको उदाहरण केही महिना अगाडि झापा र काठमाडांैमा क्रिश्चियन स्कुलहरूले नांगो नाच नै देखाइसकेका छन । यसरी वातावरणी विकासका शान्ति स्थापनाका नाममा गरिने सभा सम्मेलनबाट हुने नेपालको धर्म र संस्कृतिमाथिको हमला रोक्नु कुनै पनि सरकारको कर्तव्य होइन र ?

प्रतिक्रिया