चलचित्र आवश्यकता कि व्यवसाय ?

      नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा थुप्रै अवार्ड वितरण कार्यक्रम हुने गरेका छन् । चलचित्रको अवार्ड वितरण गर्ने लहर मात्रै होइन कि रहर नै चलेको छ । चलचित्र अवार्ड वितरण गर्नको लागि थुप्रै संघ संगठनहरू देखापरिरहेका छन् ।

उदाहरणको लागि फानले पनि चलचित्र अवार्ड वितरण गर्ने गरिरहेको छ । चलचित्रसँग सम्बन्धित चलचित्रकर्र्मीहरूको संघस्थाहरूले खासगरी चलचित्र अवार्ड वितरण गर्दैन । चलचित्रको अवार्ड वितरण गर्ने भनेको धेरै जसो मनोरञ्जनसँग सम्बन्धित मिडियाहरूले हो ।

विश्वमा धेरै चलचित्र निर्माण हने देश भनेर भनिने भारतको बलिउडमा पनि चलचित्र अवार्ड वितरण गर्ने संघ सस्थाहरू हेर्दा अधिकाश चलचित्र अवार्ड वितरणको आयोजना धेरैजसो मिडियाहरूले गर्ने गरेका छन् । हुनलाई त धेरै जसो चलचित्र वितरणको आयोजना दाम र नामको लागि हो भनेर भनिन्छ । तर, पछिल्लो समयमा कतिपयले यसलाई व्यवसायको रूपमा पनि लिने गरेका छन् ।

कतिपयले चलचित्रको अवार्ड विदेशमा समेत वितरण गर्ने गरेका छन् । पछिल्लो समयमा विदेशमा चलचित्रको अवार्ड गर्ने प्रतिस्पर्धाजस्तै भइरहेका छन् । विदेशमा चलचित्र अवार्ड गर्ने बढ्दै गएको परिपाटीले कतै चलचित्र अवार्डको नाममा मानव तस्करी त भइरहेको छैन ? भन्ने आशंका पनि सुरु भएको छ । त्यसो त यस्ता केही घटनाहरू पनि बाहिर नआएका होइनन् । विदेशी चलचित्र कम्पनीहरूलाई नेपालमा चलचित्रको छायाँकन गर्न र अवार्ड गर्न आकर्षित गर्ने काम गर्नु पर्नेमा हामी आफँै डलर खर्च गरेर विदेशमा चलचित्रको छायाँकन र चलचित्र अवार्ड गर्न लालायित भइरहेका छौँ ।

पछिल्लो समयमा चलचित्र अवार्ड वितरण गर्ने संस्थाहरूमा बक्स अफिस सिने अवार्ड, अनलाइन फिल्मीखबर अवार्ड, डि सिने अवार्ड, कामना फिल्म अवार्ड, फिक्सन, इन्फा, ओफा, इनास, नेफ्टा अवार्ड, फान,अवार्ड, सिनेमा सर्कल अवार्ड एनएचडिसि अवार्ड राष्ट्रिय अवार्ड आदि छन् । त्यसो त नेपाली चलचित्रका कलाकारहरूको हकहित र अधिकारको लागि भनेर गठन गरिएको नेपाल चलचित्र कलाकार सघले समेत चलचित्र अवार्ड वितरण गर्न थालेको छ । पछिल्लो समयमा चलचित्र अवार्ड विरण गर्ने संघ सस्थाहरूलाइ हेर्र्दा व्यवसाय जस्तै भइरहेको चर्चा छ । चलचित्र अवार्ड वितरण गर्ने आवश्यकता हो कि व्यवसाय ?

पछिल्लो समयमा वर्षमा दर्जनभन्दा बढी संघ संस्थाहरूद्वारा चलचित्रको अवार्ड वितरण गर्ने गरिन्छ । यतिका संघ सस्थाहरूले चलचित्र अवार्ड आवश्यकता हो वा व्यापार व्यवसाय हो या रहर, लहर वा आयोजक संघ सस्थाहरूको नाम र दाम कमाउने मेसो मात्र हो ? भन्ने प्रश्न अनुत्तरित नै छ ।

 

कला संगीत, चलचित्र, मनोरञ्जन क्षेत्रमा अवार्ड वितरण गर्ने भनेको नयाँ होइन । चलचित्रको संसारमा अवार्ड वितरणको परम्परा निकै पुरानो छ । कलिउडमा मात्र होइन हलिउड, बलिउडमा धेरै पहिलेदेखि नै अवार्ड वितरण हुँदै आएका छन् । हलिउडको प्रसिद्ध अवार्ड ओस्कारमा त विदेशी चलचित्रलाइ पनि समावेश गरिएको छ । बलिउडको फिल्म फेयर अवार्ड चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड हो । तर, नेपालमा भने थुप्रै विभिन्न संघ संस्थाहरूले विभिन्न नामबाट अवार्ड वितरण गर्ने गरिरहेका छन् । यसले अवार्डको महत्वलाई घटाएको छ ।

नेपाली चलचित्र क्षेत्र र नेपाली चलचित्रको बजारलाई हेर्ने हो भने ज्यादै निराशलाग्दो अवस्था छ । पछिल्लो समयमा प्रदर्शन भएका धेरै जसो चलचित्रहरूले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । नेपाली चलचित्रको बजार नै सिमित छ भन्दा पनि फरक नपर्ला । निर्माणको थालनी भएको ५ दशक भइसक्दा पनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिएको छैन । केही चलचित्रकर्र्मीहरूले व्यक्तिगत पहलमा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प¥याउने कोसिस गरिरहेका छन् ।

तर, चलचित्रको अवार्ड वितरण कार्यक्रम भने विदेशमा गर्ने चलन चलेको छ । विगतमा पनि केही अवार्ड वितरण कार्यक्रमहरू हंङकङ, मलेसियाआदि देशमा गरिएका छन्् । अहिले त चलचित्रको अवार्ड वितरण विदेशमा गर्ने प्रतिस्पर्धाजस्तै भइरहेको छ । नेपाली चलचित्रको विदेशमा बजार प्रवद्र्धन गर्नको लागि विदेशमा अवार्ड वितरण गर्ने गरिएको कुतर्क पनि नसुनिएको होइन । आयोजकहरूको र चलचित्रकर्मीहरूको विदेश सेयर हुने र मनोरञ्जन पनि हुने भएकोले विदेशमा अवार्ड आयोजना गर्न थालिएको हो ।

कलाकर्र्मीहरूले चलचित्र क्षेत्रमा गरेका कामको उत्कृष्टताको आधारमा चलचित्रमा अझ राम्रो र उत्कृष्ट काम गर्न सकोस र उनीहरूको कामको सम्मानस्वरूप उपहारस्वरूप प्रोत्साहन कदर होस् र उनीहरूलाई हौसला मिलोस् भन्नका लागि अवार्ड दिने गरिन्छ । नेपालमा चलचित्र निर्माणको सुरु भएको ०२१ साल तिरबाट हो तर चलचित्रको अवार्ड वितरण भने ०४३ सालदेखि मात्र भएको हो । त्यसवेला नेपालमा कम मात्र चलचित्रको निर्माण हन्थ्यो । नेपाली चलचित्रको निर्माणमा तीव्रता आएको ४०को दशक देखि मात्र हो ।

०४३ सालमा पहिलोपल्ट चलचित्र अवार्डको वितरण को आयोजना लायन्स क्लब अफ विशाल बजारले गरेको थियो । पहिलो चलचित्र अवार्डमा १५ विधामा अवार्ड वितरण गरिएको थियो । पछिल्लो समयमा वर्षमा दर्जनभन्दा बढी संघ संस्थाहरूद्वारा चलचित्रको अवार्ड वितरण गर्ने गरिन्छ । यतिका संघ सस्थाहरूले चलचित्र अवार्ड आवश्यकता हो वा व्यापार व्यवसाय हो या रहर, लहर वा आयोजक संघ संस्थाहरूको नाम र दाम कमाउने मेसो मात्र हो ? भन्ने प्रश्न अनुत्तरित नै छ ।

चलचित्र क्षेत्रमा काम गर्ने कलाकर्मीहरूलाई वर्षभरिमा उनीहरूले गरेको कामलाइ मूल्यानकंन गरी अवार्ड दिने भनेको राम्रो हो । तर, हाम्रोजस्तो सीमित चलचित्रको बजार भएको चलचित्र क्षेत्रमा यतिका नामधारी अवार्डहरूको आवश्यकता छ र ? कतिपय चलचित्रको अवार्ड वितरण गर्ने संघ संस्थाहरूले अवार्ड वितरण गर्ने कार्यलाई आफ्नो कमाइ खाने भाँडो त बनाइरहेका छैनन् ?

नेपाली चलचित्रको बजार अझै पनि राम्रो हुन सकिरहेको छैन । नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । स्तरीय चलचित्रहरू पनि त्यति बन्न सकिरहेका छैनन् । चलचित्रको अवार्डले मात्र चलचित्रको व्यापार राम्रो हुने चलचित्र हिट हुने र स्तरीय चलचित्र निर्माण हुने होइन ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रसँग सम्बन्धित संघ संगठनहरू थुप्रै स्थापना भएका छन् । ती संस्थाहरूले चलचित्रहरूको बजार प्रवद्र्धन तथा बजारलाई विविधीकरण गर्न र चलचित्रकर्र्मीहरूको हकहित र अधिकारको लागि उल्लेख्य रूपमा काम गर्न सकिरहेका छैनन् । खाली नाम र पदमा मात्र सीमित भइरहेका छन् ।

प्रतिक्रिया