रासायनिक कारखानाबाहिर विस्फोटन, २२को मृत्यु

बेइजिङ । उत्तर चीनमा एउटा रासायनिक कारखानाबाहिर भएको विस्फोटनमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको छ र अन्य २२ जना घाइते भएका छन् ।

प्रारम्भिक विवरणका अनुसार बेइजिङबाट २०० किलोमिटर उत्तरमा रहेको जान्जियाकोस्थित ‘खबेई शन्ह्वा केमिकल को’ नामक कारखानामा रासायनिक पदार्थ लिएर गएको एउटा गाडीमा विस्फोटन भएको थियो ।

घटनास्थलबाट प्राप्त तस्बिरमा बाटोमा दर्जनौँ कार र ट्रकहरू जलेको देखिन्छ । चीनले सन् २०२२ मा ग्रीष्मकालीन ओलिम्पिक्स हुँदा गर्दा जान्जियाकोमा पनि केही खेल आयोजना हुनेछ । विस्फोटन स्थानीय समयानुसार मध्यराति ण्ण्स्४१ बजे भएको थियो ।

स्थानीय अधिकारीहरूका अनुसार सो घटनामा ३८ वटा ट्रक र १२ अन्य सवारीसाधनमा आगो लागेको थियो । घाइतेहरूलाई अस्पताल लगिएको छ । सो सहरको स्थानीय सरकारले घटनास्थलमा खोज तथा उद्धार जारी रहेको र के कारण त्यो दुर्घटना भयो त्यसबारे अनुसन्धान हुँदै गरेको बताएको छ।सो कारखानमा उत्पादन भने पहिला नै बन्द भइसकेको बताइएको छ ।

बेइजिङस्थित बिबिसी संवाददाता स्टिभन मक्डोनलका अनुसार तीव्र आर्थिक विकास भएको भए पनि चीनमा औद्योगिक सुरक्षाका चुनौतीहरू देखिने गरेका छन् र रासायनिक विस्फोटनका घटनाहरू निरन्तर हुने गरेका छन् । गत जुलाईमा रासायनिक कारखानामा भएको विस्फोटनमा १९ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ मा पूर्वोत्तरमा बन्दरगाह भएको सहर तियान्जिनमा एउटा गोदाममा विस्फोटन हुँदा १७३ जनाको ज्यान गएको थियो । सो घटनाबारे गरिएको अनुसन्धानले भ्रष्टाचार एवं राजनीतिक सम्बन्ध भएका व्यक्ति र अधिकारीहरूको मिलमतोमा पर्याप्त सुरक्षाव्यवस्था नगरिएको देखाएको थियो ।

प्रतिक्रिया