टोरन्ट ओपनमा एभरेष्ट उत्कृष्ट

काठमाडौं । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट तेक्वान्दो डोजाङ उत्कृष्ट टिम बनेको छ । क्यानडाको टोरन्टोमा भएको च्याम्पियनसिपमा एभरेस्ट तेक्वान्दो डोजाङले १६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्न सफल भएको नेपाली टोलीका प्रशिक्षक बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।

टोरेन्टोका भेराइटी भिलेजमा भएको च्याम्पियनसिपमा स्पाइरिङ र पुम्सेमा दुवैतर्पm पदक जित्न सफल भएको एभरेस्टका प्रमुख धिरेन्द्र शाहीले जानकारी दिए । च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएकाले प्रतियोगिता आायोजक योङ चोङले एभरेष्ट एकेडेमीलाई बिशेष ट्रफिले समेत सम्मान गरेको थियो । ब्राम्पटन र स्कारवोरोमा सञ्चालित एभरेस्टबाट ४५ खेलाडीले दुई विधामा चुनौती प्रस्तुत गरेका थिए ।

नेपाली टोलीको प्रशिक्षकमा धिरेन्द्र शाही, यादव कुँवर र रबिन जोशी थिए । च्याम्पियनसिपमा क्यानडालगायत ३० राष्ट्रका करिब ११ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका शाहीको संयोजकत्वमा भएको च्याम्पियनसिमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री बद्रिप्रसाद घिमिरे, गोविन्द शर्मा, रविन जोशी र अर्जुन केसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

एभरेष्टको सहभागितामा नेपालीका तेक्वान्दो प्रशिक्षक राजु थापा, कल्याण कुँवर, निरज पौडेल, गिरी बुढाथोकी, लिला शाही र आनन्द अर्गेजाले बिशेष सहयोग पुर्याएका थिए ।

प्रतिक्रिया