शिक्षालयलाई विद्याको मन्दिर भनेर पूज्ने पनि नभएका होइनन् । विद्याका लागि शिक्षार्थी आउने मुख्य र महत्वपूर्ण स्थल भनेकै विद्यालय हो । पछिल्लो समय दण्डहीनता सर्वत्र हराउँदै गएको सन्दर्भमा विद्यालयमा बालमैत्री सिकाइ हुनुपर्छ भनेर सबै क्षेत्र निकाय र विद्यालयमा बताउँदै आएको वेलामा नै निजी विद्यालयका शिक्षकले कक्षा ६ मा अध्ययनरत कमलविनायक स्थित जेन्युइन सेकेन्डरी इंलिस स्कूलका त्यो पनि कम्प्युटर पढाउने प्राविधिज्ञ शिक्षक निरञ्जन श्रेष्ठले बिग्रिएको कम्प्युटर भुइँमा हानेझँै बालक एरिक थापालाई हानेछन् ।
पटकपटक विद्यार्थीमाथि दुव्र्यवहार गर्दै आएका भनिएका बिजुक्छे सरले आफ्नो गल्ती लुकाउन फेल बनाइदिनेसम्मका धम्की दिँदै आएका रहेछन् । राष्ट्रिय दैनिकमा भाद्र ६ गते छापिएको फोटोसहितका तस्बिरले आमनिजी विद्यालयमा दिइने सजायको प्रतिनिधित्व पनि गरेको छ । भने जति शुल्क असुलेर आफ्नो बच्चा पढाउन पठाएका आमाबाबुले कानको जाली नै फुटाएर विद्यालयबाटै एकैपटक अस्पतालमा बालबालिका भेट्नुपर्ने अवस्था भनेको कत्तिको दुःख लाग्दो होला त । सामान्य घटना नभए पनि निजी विद्यालयमा प्रायः यस्ता घटना घटिरहेका हुन्छन् । फरक यति छ कि बाहिर प्रचारमा भन्दा पनि सञ्चार माध्यममा नआउने भएकाले शान्त र दण्डरहित छ झैँ लाग्ने हो ।
विद्यार्थी पनि पढाइप्रति चासो नराख्ने पढ्ने संस्कृति नै हराउँदै गएकोले सर्वत्र चिन्ता बढ्दै गएको छ । सामुदायिक विद्यालयमा त झनै गुणस्तर खस्किँदो देखिन्छ । निजी विद्यालयले गर्वका साथ भन्छन् एसइई परीक्षाको नतिजा प्रकाशित भए पश्चात् हामीले नै यो नतिजा बनाएका हौँ । तर, त्यो होइन । गृहकार्य ढिलो गरेको निहुँमा त्यसरी गोरु चुटाई गर्ने श्रेष्ठ सर आर्मी प्रहरीमा मात्रै उपयुक्त हुन सक्ने देखिन्छन् । कुन सुरमा विद्यार्थीलाई पट्काइयो होला । एउटा विद्यार्थी सिक्न जानेभन्दा पनि पिटाइका कारण विद्यालयको मूलढोका छिर्नमा डर मान्ने छ । अवका दिनमा ।
विद्यार्थीलाई सिकाइमैत्री वातावरणमा ममतापूर्ण वा वात्सल्यताका साथ आआफ्ना गुरुले, पढाइ, लेखाइ र वोलाइ र सीपको विकास गर्नुपर्नेमा त्यो गर्ने भनेर चुट्ने हो भने सबै सिक्ने स्थलको समेत बदनाम भइहाल्ने भयो । एउटा शिक्षकले आवेगमा हात छाड्दा सर्वत्र समाचार बनेर लज्जित बन्नुपर्ने अवस्थाको सिर्जना गर्नु सकारात्मक त हुँदै होइन । अमानवीय क्रियाकलाप नै हो । मायालु वातावरणमा सरल ढंगले सिकाउने स्थल नै वास्तवमा बालमैत्री विद्यालय हो भने दण्डरहित शिक्षा त आज अनिवार्य सर्त पनि भएकोले यसप्रति शिक्षक सदा सचेत रहनैपर्ने हुन्छ । एकैक्षणको रिसले गर्दा जागिरबाट हात धुनुपर्ने त भयो भयो समग्र शिक्षकवर्गले समेत लाज मान्नुपर्ने अवस्थाको निर्माण गराइयो ।
अभिभावकले विद्यालयका सबै नियम मानेर भने जति र लाग्ने जति शुल्क नियमित बुझाउँदा पनि उल्टै कान नै ध्वस्त पारेर आउँछन भने विद्यालय किन पठाउने किन निर्धक्क भएर बालबच्चालाई विद्यालयमा भर्ना गर्ने त ? घरमा नै स्वाध्यान गराइ खुला विद्यालयबाट एसइई दिलाएर अगाडि बढाए भइहाल्यो नि । होइन र ? विद्यालयमा त रमाइलो वातावरणमा सिकाइलाई आफू अनुकूल बनाएर चारवटा सीप लेखाइ, पढाइ, सुनाइ र बोलाइलाई साथै लगेर सक्षम अनि सबल बनाउने कार्य नै वास्तवमा अध्यापन हो । पढाइसँग मात्रै केन्द्रित नभई मनोविज्ञान बुझेर उसलाई शारीरिक वा मानसिक असरले पो छिटो गृहकार्य गर्न नसकेको हो त्यो नबुझ्दै एक्कासि झोक्किएर जाली नै फुट्नगरी झापट हान्नु हँुदैनथ्यो । अब अन्य विद्यालयका विद्यार्थीलगायत सबै बालबालिका निर्धक्क अध्ययन गर्न सक्ने वातावरण तयार गरौँ ।
यी र यस्ता कुराहरू आदर्श झैँ बनेका छन् । नैतिक शिक्षाको कमी र धर्म र आदरका कुरालाई पुरै बेवास्ता गरिने संस्कृति मौलाउनु पनि यस्तो घटना घट्नुको एक पक्ष मानिन्छ । नम्र बोली र मनोरञ्जनपूर्ण विद्यालयको वातावरण नभएसम्म शिक्षण प्रभावकारी बन्नै सक्तैन । कुनै पनि कुरालाई बलपूर्वक गराउन हुँदैन । पढ्ने विद्यार्थीलाई प्रेरित गर्न सकिएन भने जसै गरे पनि काम हुँदैन । मूल कुरो त पढ्न चाहनेले स्वयं चासो लिएर सिकाइका निम्ति तयार हुनुपर्छ । सिकाइ प्रभावकारी बनाउने विभिन्न विधि रहेका हुन्छन् । तिनलाई कक्षाकोठामा कति उपयोगमा ल्याइने गरिएका छन् भन्ने कुराले बढी महत्व राख्दछ ।
आजको प्रविधिको व्यापकता भएको र बालअधिकारको सवालमा चासो बढ्नुको समयमा शिक्षकले त झनै ख्याल गर्नुपर्ने हुन्छ । शिक्षण कार्य सरल छैन समय बदलिएको छ पढाउने परिपाटी नै बदलिएको छ त्यसलाई आफूले पनि परिवर्तन भएर सिकाउन सक्नुपर्छ । पिटपाट गरेर गोर्खै शैलीमा शिक्षक प्रस्तुत हुनु भएन । शिक्षकले नै हो कक्षामा विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने । तसर्थ, सक्रिय विद्यार्थी बनाइ सहजकर्ता बनेर अध्यापन गर्न सक्ने शिक्षक नै सच्चा शिक्षक हुन सक्ने देखिन्छ ।
प्रतिक्रिया