भविष्यवाणी तथा हल्लाले पनि सेयर बजारमा निकै ठूलो दुष्प्रभाव पर्ने गरेको छ । नेप्सेको बारेमा भविष्यवाणी गरी लगानीकर्ताहरूलाई अन्योलमा पार्ने, भ्रममा पार्ने ‘ज्योतिषीहरू’ लाई कारबाही गर्नुपर्छ । हल्लाले पनि सेयर बजारमा असर पुर्याउँछ । कतिपय लगानीकर्ताहरू त हल्लाको पछि पनि दगुर्ने गर्छन् । अरूको लहलहैमा लागेर अरूको देखासिकी गरेर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको कमी नेपालमा छैन ।
विगत एक वर्षदेखि सेयर बजारमा छाएको अन्योलताले लगानीकर्ताहरूलाई नखाऊँ भने दिनभरिको सिकार खाऊँ, भने कान्छा बाबुको अनुहार भन्ने उखानजस्तै भइरहेको छ । पछिल्लो समयमा सेयर बजारको गतिवधिलाई हेर्दा सेयर बजारले कस्तो गति लिन्छ भन्ने महसुस गर्न लगानीकर्ताले सकिरहेका छैनन् ।
सेयर बजार घटिरहेको अवस्थाले सेयर बजार अझै घटी नै रहने हो कि भन्ने आशंकामा लगानीकर्ता रहेका छन् । त्यसो त वेलावेलामा सेयर बजारको भविष्यवाणी पनि हुनेगरेको छ । नेप्सेको बारेमा भविष्यवाणी गर्ने ‘ज्योतिषीहरू’ को कारणले पनि सेयर बजारमा असर पर्ने गरेको छ । नेपालको सेयर बजारमा आफूले आफूलाई सेयर बजारका विज्ञ सेयर बजारका जानकार मान्नेहरूको कमी छैन ।
उनीहरू नेप्से नै आफ्नो खल्तीमा रहेको जस्तो गरेर भविष्यवाणी गर्छन् । आपूmलाई सेयर बजारको ज्ञाता ठान्नेहरू कहिले नेप्से ९ सय अंकमा झर्ने र कहिले नेप्से १ वर्षमा २५ सय अंक पुग्ने भविष्यवाणी गर्छ । सेयर बजारको बारेमा भविष्यवाणी गर्ने ज्योतिषीहरूले आफ्नो भविष्यवाणीले सेयर बजारमा के कस्तो असर गर्छ भन्नेबारेमा पहिले विचार गर्नुपर्ने देखिन्छ ।
यस्तो भविष्यवाणी तथा हल्लाले पनि सेयर बजारमा निकै ठूलो दुष्प्रभाव पर्ने गरेको छ । नेप्सेको बारेमा भविष्यवाणी गरी लगानीकर्ताहरूलाई अन्योलमा पार्ने, भ्रममा पार्ने ‘ज्योतिषीहरू’ लाई कारबाही गर्नुपर्छ । हल्लाले पनि सेयर बजारमा असर पु¥याउँछ । कतिपय लगानीकर्ताहरू त हल्लाको पछि दगुर्ने पनि गर्ने गर्छन् ।
अरूको लहलहैमा लागेर अरूको देखासिकी गरेर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको कमी नेपालमा छैन । यस्तो अवस्थाको फाइदा उठाई सेयर बजारका माहिर ठूलाबडा लगानीकर्ताहरूले चलखेल गर्ने मौका पाइरहेका छन् । कतिपय ठूलाबडा लगानीकर्ताहरूले कतिपय ब्रोकरसँगको मिलोमतोमा चलखेल गरेर सेयर बजारलाई आफ्नो अनुकूल बनाउने गरेको देखिन्छ ।
सेयर बजार बढ्न नसकेको वा बढ्न नदिइएको हो ? यो प्रश्नको उत्तर सरकारले खोज्नु जरुरी छ । ठूलाबडा लगानीकर्ताहरूले नै सेयर बजारमा चलखेल गर्ने गरेका छन् । नेप्सेको घट्बढमा यिनीहरूको पनि शंकास्पद भूमिका रहने गरेको सरोकारवालाहरू बताउँछन् । यसकारणले पनि लगानीकर्ताहरू सेयर बजारप्रति सचेत र चनाखो हुुनु जरुरी छ ।
त्यसो त सेयर बजारमा असर गर्ने विविध कारणहरू हुन्छन् । सरकार सञ्चालन गर्ने राजनीतिक दलको आर्थिक नीति, सरकार परिवर्तन, वित्तीय संस्थाहरूको व्याज दर, वित्तीय संस्था नियमन गर्ने निकायहरूको भूमिका, बजारमा माग र आपूर्तिको असन्तुलनलगायतका कारणले पनि सेयर बजारमा निकै ठूलो प्रभाव पारेको हुन्छ ।
यसैगरी, बोनस सेयर, हकप्रद सेयर, आइपिओ, एफपिओ, आदिले पनि सेयर बजारमा असर गरिरहेको हुन्छ । हुन्छन । कतिपय अवस्थामा सेयर बजारका नियामक निकाय तथा सरकारका जिम्मेवार पदाधिकारिहरूको भनाइले पनि सेयर बजारमा ठूलो असर गरेको हुन्छ ।
विगतममा पनि ‘जनयुद्ध’ को नाममा भएको द्वन्द्वले त सेयर बजारलाई लगभग ध्वस्त नै गरिसकेको थियो भन्दा फरक नपर्ला । त्यसैगरी डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको वेला सेयर बजारमा पहिरो नै गएको थियो । डा. भट्टराइले सेयर बजारलाई जुवाको संज्ञा दिएका कारण सेयर बजारमा पहिरो गएको थियो ।
अघिल्लो असोजमा एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणा हुनासाथ सेयर बजार ओरालो लाग्यो । चुनावमा वाम गठवन्धनले बहुमत ल्याउना साथ झन् ओरालो लाग्यो । यो क्रम अहिले पनि जारी छ । दुईतिहाइ मतको शक्तिशाली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सेयर बजारलाई अनुत्पादक क्षेत्र भने ।
सेयरको भाउलाई चिनीको भाउसँग तुलना गरे । जसका कारण सेयर बजारमा भुइँचालो नै गयो । त्यसैगरी राज्यले लगाउन खोजेको लाभ कर विवादले पनि सेयर बजारमा पहिरो मात्र गएन सेयर बजारका लगानीकर्ताहरू आन्दोलितसमेत हुनुपरेको थियो । एक दिन सेयर बजार नै ठप्प पारिएको थियो ।
नेप्से घट्ने बढ्ने भइरहन्छ यो नियमित प्रक्रिया पनि हो । सेयर बजार घटेपछि बढ्छ पनि बढेपछि घट्छ पनि तर पनि सेयर बजार पछिल्लो समयमा निरन्तर घटिरहेको छ । पछिल्लो समयमा त नेप्से घटेको मात्र नभई कारोबार रकममा पनि कमी आएको छ । त्यसो त गएको केही हप्तादेखि नेप्सेमा सुधार आएको देखिन्छ ।
नेप्से मात्र बढेको नभई कारोबार रकममा पनि सुधार आएको देखिन्छ । एकदिनमा ९१ करोड भन्दा बढीको कारोबार पनि भएको थियो । अहिलेको समय भनेको सेयर बजारमा नेप्सेमा हरियाली छाउनुपर्ने समय हो तर पनि लगानीकर्ताहरूको अपेक्षा गरे अनुसार सेयर बजार उकालो लाग्न सकिरहेको छैन ।
सेयर बजारका ठूलाबडा लगानीकर्ताहरूले सेयरको भाउ बढ्न नदिई सस्तोमा सेयरहरू उठाउने दाउ खोजिरहेको भन्ने पनि चर्चा छ । कतिपय लगानीकर्ताहरू भने सेयरको भाउ फेरि घट्छ कि भनेर आत्तिएर सेयरहरू बिक्री गर्ने गरिरहेको पनि बताउँछन् । सेयर बजारमा वेलावेलामा ‘इन्साइड टुडे’ को पनि चर्चा चल्ने गरेको छ । कम्पनीको सूचना चुहाएर सेयर बजारबाट फाइदा लिने गरेको पनि कतिपय बताउँछन् । सरोकारवालाहरू र सेयर बजारमा हुने यस्ता चलखेलले नयाँ र साना लगानीकर्ताहरू बढी दबाबमा पर्ने गरेका छन् ।
नेप्से घटेर ९ पुग्छ वा २५ सय पुग्छ भनेर भविष्यवाणी गरेर लगानीकर्ताहरूलाई अलमलमा पार्नुभन्दा सेयर बजारमा देखिएका समस्या समाधानमा ध्यान दिनु बुद्धिमानी हो । सेयर बजारलाई कसैले पनि आफ्नो स्वार्थ अनुकूल बनाउन नसकून् भन्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ ।
सेयर बजारमा १५ लाखभन्दा बढीको लगानीकर्ताहरूको भविष्य जोडिएको छ । सेयर बजारलाई सही दिशा दिन नियामक निकायहरूको पनि महत्वपूर्ण भमिका रहेको हुन्छ । नियामक निकायहरूले सेयर बजारमा नयाँनयाँ लगानीकर्ताहरू प्रवेश गर्न सक्ने वातावरण बनाउनुपर्ने देखिन्छ ।
पछिल्लो समयममा सेयर बजारमा कम्पनीहरू र सेयरको संख्या धमाधम बढिरहेका छन् भने लगानीकर्ताहरू भने त्यति बढेको भने देखिँदैन । त्यो स्रोत प्राथमिक बजारमा भने लगानीकर्ताहरू बढिरहेको देखिन्छ । तर, सेयर बजारको पछिल्लो समयको अवस्थाले गर्दा दोस्रो बजारमा भने नयाँ लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिरहेको छैन ।
अहिले वाणिज्य बैंकहरूलाई सेयर बजारमा ब्रोकरको काम गर्न दिने व्यवस्था भइसकेको छ । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिने भइसकेपछि देशभरिका लगानीकर्ताहरूले सेयरको कारोबार गर्न सक्ने अवस्था हुन्छ । निकट भविष्यमा नै पूर्ण अनलाइनबाट समेत सेयरको कारोबार गर्न सकिने बताउँछन् सरोकारवालाहरू । अहिले देशका अर्थमन्त्री डा. खतिवडा पनि सेयर बजारप्रति सकारात्मक भएको चर्चा चलेको छ । यसबाट सेयर बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
प्रतिक्रिया