श्रम सशक्तीकरणविना समृद्धि असम्भव

अधिकाधिक जनसंख्या कृषिमुखी व्यवसायमा संलग्न छन् । तर, कृषि क्षेत्रको प्रतिफलले देशको बढ्दो जनसंख्याको सामान्य मागलाई समेत धान्न सक्ने अवस्था छैन । एकल परिवारको अवधारणाका कारण दिनहँु जसो कृषियोग्य भूमि खण्डीकरण भइरहेको छ ।जसका कारण कृषि क्षेत्रबाट प्राप्त हुने प्रतिफलले मात्र मुलुक आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सम्भव देखिएको छैन ।

वैकल्पिक व्यवस्थापनका लागि औद्योगिक समुन्नतिको वास्तविक आधार बिन्दु पहिल्याउनु जरुरी छ । औद्योगिकीकरणको मार्ग चित्र कोर्नु समृद्धि यात्राको पहिलो कदम हो । समृद्धि उन्मुख कार्यका लागि औद्योगिक प्रतिष्ठानको सुरक्षा जरुरी हुन्छ । तसर्थ, औद्योगिक प्रबद्र्धन मैत्री नीति अख्तियारी गर्नु आजको आवश्यकता हो ।

त्रासमुखी वातावरणमा मुलुकका औद्योगिक प्रतिष्ठानहरूले आर्थिक समृद्धिको यात्रालाई ऋणात्मक गतिमा लैजाने क्रम जारी राख्छन् । सामान्यतया अर्थशास्त्रको सिद्धान्तले के सूचित गर्दछ भने सुरक्षित एवं भरपर्दो व्यवसाय विस्तारको क्रममा मुनाफाको महत्वपूर्ण स्थान रहन्छ । यदि, व्यक्ति, सम्प्रदाय वा संगठात्मक विशेषले कुनै व्यवसाय विस्तार गर्छ भने निःसन्देह त्यहाँ मुनाफा मुख्य केन्द्रबिन्दुमा रहेकै हुन्छ ।

यसबाहेकको अवस्था सिर्जना भए लगानी योग्य पुँजी डुब्ने परिस्थितिको जन्म हुनेछ । जसका कारण सम्बद्ध पक्षद्वारा पुँजी पलायनको सुरक्षित अवधारणा आत्मसाथ हुन थाल्छ । मुलुकबाट लगानी योग्य पुँजीलाई अन्यत्र पलायन गर्न उनीहरू बाध्य रहन्छन् । आर्थिक अराजक परिवेशबाट औद्योगिक क्षेत्रलाई पृथक राख्दै पुँजी पयालयन रोक्नु नै केही हदसम्म औद्योगिक प्रबद्र्धनमा सहयोग गरेको मान्न सकिन्छ ।

किनकि, नेपालको संविधानले पनि अपवादबाहेक अन्य कुनै पनि अवस्थामा नागरिकको सम्पत्तिलाई सार्वजनिक हितका खातिर आवश्यक मुआब्जासहितको यथोचित व्यवस्थापन गरेर मात्रै अधीकरण गर्नसक्ने व्यवस्था गरेको छ । नागरिकको संवैधानिक हक अधिकारलाई कुण्ठित नहुनेगरी औद्योगीकरणलाई राज्यपक्षले प्रोत्साहन गर्नु नै समृद्धिको यात्रामा थप सहयोग गर्नु हो ।

यस प्रकारका सकारात्मक कार्यले समृद्धिका लागि विकास भन्ने मुलमन्त्रलाई साकार बनाउन सहयोगीको भूमिका निर्वाह गर्नेछ । साथै, संघात्मक राज्यको अवधारणअनुसार सात प्रदेशमा नै सम्बद्ध प्रदेशको उपयोगिताको आधारमा औद्योगिक प्रवद्र्धनमा जोड दिनु समुच्च औद्योगिक विकासको खाका कोर्नु हो । जसको जगमा माथि उठी समृद्धि हासिल गर्न कुनै पनि पक्षलाई कठिनाई हुनेछैन ।

मुलुकमा हाल कायम रहेको कहालिलाग्दो बेरोजगारीलाई क्रमवद्ध रूपमा न्यूनीकरण गर्न औद्योगिकीकरण सहायक सिद्ध हुनेछ । जसका लागि औद्योगिकीकरणको आधार स्तम्भ मानिंदै आएको श्रमलाई सशक्तीकरण गर्नु नै आर्थिक समृद्धिको मार्ग पहिल्याउनु हो । किनकि, व्यवसाय विस्तारको क्रममा यदि, श्रमिक वर्गलाई पूर्ण रूपमा जागरुक गराउने अवस्था सिर्जना गर्न सकिएन भने मुलुकमा औद्योगिक क्षेत्रले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्ने निश्चित छ । किनकि निष्क्रीय श्रमबाट आशातित प्रतिफल प्राप्त हुन सक्दैन ।

औद्योगीकरणबाट व्यवसायी वर्गको हित सँगसँगै मुलुकको बृहत्तर हितका लागि आवश्यक पर्ने राजस्वका दरलाई अभिवृद्धि गर्नसक्ने क्षमता हुन्छ । यो तथ्यगत विशेषतालाई हामीहरू कसैले पनि भुल्नु हुँदैन ।

किनकि, मुलुकमा लोकतन्त्रको अभ्युदय भए पश्चात मात्रै निजीकरणको अवधारणाले मूर्तरूप लिएको हुँदा विकास निर्माणका गतिलाई अगाडि बढाउँदा राज्यपक्ष एवं निजी क्षेत्रबीचको सहकार्यको अपरिहार्यतालाई मनन गर्दै आवश्यक रणनीतिहरू अख्तियार गर्ने हो भने हाम्रै पालामा समृद्धि सम्भव छ । यस प्रकारका सकारात्मक कार्यको थालनीका लागि औद्योगिक त्रासजन्य वातावरणको अन्त्य गर्नुपर्छ । साथै, श्रम सशक्तीकरणको भूमिकालाई नजरअन्दाज गर्न पनि मिल्दैन ।

औद्योगिक क्षेत्रमा हुने अराजक गतिविधिलाई कडाइका साथ रोक लगाउनुपर्ने हुन्छ । तर, त्यसो भन्दैमा श्रमिकका जायज मागलाई पनि राजनीतिकरण गर्दै स्वीकार नगर्ने परिपाटीको जन्म भए श्रम सशक्तीकरणमा बाधा उत्पन्न हुन्छ । जसका कारण औद्योगिक विकास मन्द गतिमा चल्ने निश्चित छ ।

गरिबी र आर्थिक असमानताबीचको असन्तुलनलाई सन्तुलित बनाउने उद्देश्यले नेपालजस्तो अल्पविकसित मुलुकले निःसन्देह औद्योगिक विकासको साथसाथै श्रम सशक्तीकरणको अवधारणालाई आत्मसात् गर्दै श्रमिक वर्गको हितका लागि कार्य गर्नु युक्तिसंगत कदम मान्न सकिन्छ ।

यस्ता सकारात्मक कार्यको थालनिले निःसन्देह स्वपूmर्त रूपमा श्रमिक वर्ग जागरुक भई कार्य दक्षतासहितको युवा श्रम वैदेशिक पलायनको गतिमा न्यूनीकरण छाउने छ । स्वदेशमा नै आत्मसम्मानसहितको मनग्य आर्थिक लाभ हासिल गर्ने सुअवसर प्राप्त भए कुनै पनि व्यक्ति वा समुदाय विदेशी भूमिमा आफ्नो श्रम खर्चिन पक्कै पनि चाहँदैन । किनकि, स्वदेशी श्रम स्वदेशमा नै खर्चिने परिवेशको जन्म भए अप्रत्यासित रूपमा विदेशी भूमिमा नेपाली श्रमको मृत्युदरमा कमी आउनुको साथै मुलुकले आर्थिक समृद्धिको मार्ग पहिल्याउने वातावरणसमेत तयार हुनेछ ।

राज्यले श्रमको वास्तविकतालाई मनन गर्दै आत्मसम्मानको जगेर्नासहितको सुधारमुखी श्रम कानुनको समयानुकूल परिमार्जन एवं संशोधन गर्नुपर्ने हुन्छ । जसले क्रमबद्ध रूपमा नेपाली श्रमलाई सशक्तीकरण गर्दै श्रीमक नै वास्तविक श्रमको असली हकदार हुन् भन्ने तथ्यलाई उजागर गर्न सामर्थ रहन्छ । किनकि, श्रमविना औद्योगिक क्षेत्रले आफ्नो सही गन्तब्य निर्धारण गर्न सक्दैन ।

श्रमिक, व्यवस्थापन एवं राज्यपक्षबीचको त्रिकोणात्मक समन्वय एवं सहकार्यको विकासले मात्रै औद्योगीकरणको अवधारणाले मूर्त रूप धारण गर्नसक्ने अवस्था रहन्छ । मुलुकको आर्थिक विकासको दरलाई आश्चर्यजनक ढंगले परिवर्तन गरी समृद्धि प्राप्ति हुने कुरामा कुनै पनि पक्षले आशंका व्यक्त नगरे हुन्छ ।

जसको सकारात्मक परिणाम स्वरूप प्राप्त हुन आउने नतिजाले आमजनस्तरमा रहेको आर्थिक असमानताको दूरीलाई क्रमबद्ध रूपले न्यूनीकरण गर्दै समतामूलक समाज निमार्ण गर्न सहायक सिद्ध भूमिका निर्वाह गर्नेछ । यो नै आर्थिक समृद्धिको शुभ सूचकसमेत हो ।

सम्बद्ध क्षेत्रका उद्योगी व्यवसायीहरूमा महत्वकांक्षा बढ्न गई सशक्त मात्रामा अत्यधिक पुँजीको भार अभिवृद्धि गर्दै औद्योगिक क्षेत्रमा खर्चिने वातावरण तयार हुनेछ । औद्योगिक विकासको क्षेत्रमा प्रस्तुत सकारात्मक ऊर्जाको उत्थान हुन भनेको औद्योगीकरणको अवस्था नै हो ।

प्रस्तुत सकारात्मक ऊर्जा अभिवृद्धिका लागि विशेषगरी अन्तर्राष्ट्रिय प्रविधि, व्यापार तथा सम्बन्धनको अति नै खाँचो रहन्छ । किनकि, औद्योगिक क्षेत्रबाट उत्पादित वस्तु तथा सेवाहरू स्वदेशमा नै खपत रहने अवस्था कायम रहे त्यसमा कुनै पनि प्रकारको समस्या नरहने प्रस्ट छ ।

यदि, स्वदेशी एवं वैदेशिक प्रविधिहरू भित्र्याई मुलुकमा भएका उत्पादनका लागि अन्तर्राष्ट्रिय व्यापारको सम्बन्धनलाई बेवास्ता गरियो भने दुर्भाग्य हुन्छ । स्वदेशी उद्योगले आशातित सफलता हासिल गर्न नसकि समृद्धिको मार्ग अवरोध सिर्जना हुने अवस्था कायम रहनेछ ।

तसर्थ, मुलुकका स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय बजारहरूमा यथोचित स्थान हासिल गरोस् भन्नाको खातिर राज्यपक्षले आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न सक्नुपर्छ । यस प्रकारका परिणाममुखी व्यवस्थाका कारण मुलुकको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा बढनुको साथै, वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख श्रोतहरूमध्ये औद्योगिकीकरण पनि एक हुनेछ ।

तर, यसका लागि नेपालका दुई घनिष्ट छिमेकी राष्ट्र भारत र चीनलगायत विश्वका अन्य राष्ट्रसँग मैत्रीपूर्ण व्यापारिक सम्बन्धनको सुत्राधारलाई प्रमुख आधार बिन्दु मान्नुपर्ने हुन्छ । जसको पूर्ण सफलताले मुलुकबाट क्रमश ः गरिबी उन्मूलन गर्दै समृद्धि सम्भव देखिन्छ, जुन निःसन्देह औद्योगीकरण लागि श्रम सशक्तीकरण मात्र सम्भव रहन्छ । यस अवस्था पश्चात् आर्थिक समृद्धिलगायत विकासको लक्ष्य हासिल गर्न मुलुक सामर्थवान् बन्नेछ ।

प्रतिक्रिया