कृषिः नेपाली अर्थतन्त्रको मेरुदण्ड

नेपाल कृषि प्रधान देश हो जहाँ आजसम्म पनि परम्परागत आर्थिक आधारको रूपमा रहेको कृषि क्षेत्रमा झण्डै दुइतिहाई श्रमशक्ति आधारित रहेको तथ्यांक छ । त्यति ठूलो श्रमशक्ति संलग्न भए पनि कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा पु¥याएको योगदान भने अन्दाजी एकतिहाई मात्र छ ।

धेरै सम्भावनाका बाबजुद पनि यहाँ कृषि क्षेत्रको योगदान बर्सेनि घट्दो क्रममा छ । उदाहरणका लागि आर्थिक वर्ष ०७२-७३ मा यहाँको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगजान ३१ प्रतिशत थियो भने आर्थिक वर्ष ०७३-७४ मा कुल गार्हस्थ उत्पादनमा उक्त क्षेत्रको योगदान घटेर करिब २९ प्रतिशत रहने अनुमान छ ।

वास्तवमा यहाँको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि आफैँमा चुनौतीपूर्ण बन्दै गएको छ । यहाँको माटो र हावापानी अनुकूलका विशिष्टिकृत कृषि उत्पादनको ठोस योजना नहुनु, कृषि पेशामा प्राविधिकहरूको खस्कदो आकर्षण, कृषि प्राविधिकहरूको अपर्याप्त सेवा, श्रमशक्तिको कमी, कृषि उपजहरूमा उपयुक्त समर्थन मूल्यको अभाव, उपयुक्त समयमा कृषि सामग्रीहरूको अभावजस्ता समस्या अवरोधका रूपमा विद्यमान छन् ।

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको विकासविना नेपालको ठोस आर्थिक विकास हुन सक्दैन । त्यसैले यहाँको हरेक वर्षको बजेटमा कृषि विकासका लागि आकर्षक कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरिन्छ । तर, यथोचित रूपमा कार्यान्वयन गर्न नसकिएकाले यहाँको कृषिक्षेत्रमा ठोस उपलब्धि हासिल गर्न सकिएको छैन ।

नेपालमा हालसम्म पनि कृषि एक प्रमुख पेसाको रूपमा रहेको छ । तर, यहाँ कृषि उत्पादनको आयात प्रत्येकवर्ष बढिरहेको छ । पछिल्लो वर्षहरूमा विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी हाल कायम रहेको कृषिक्षेत्रको उत्पादन र उत्पादकत्वलाई जोगाएर राख्ने काम पनि कृषि क्षेत्रमा थपिएको छ ।

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको विकासविना नेपालको ठोस आर्थिक विकास हुन सक्दैन । त्यसैले, यहाँको हरेक वर्षको बजेटमा कृषि विकासका लागि आकर्षक कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरिन्छ ।

तर, यथोचित रूपमा कार्यान्वयन गर्न नसकिएकाले यहाँको कृषि क्षेत्रमा ठोस उपलब्धि हासिल गर्न सकिएको छैन । वास्तवमा यहाँको प्रत्येक वार्षिक बजेटमा प्रस्ताव गरिएको कृषिसम्बन्धी कार्यक्रमहरूले लक्षित वर्गका रूपमा रहेका आमकृषकहरूलाई सम्बोधन गर्न नसकेसम्म कृषि विकास गर्न सकिंदैन ।

नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकोले यसलाई व्यावसायिक नबनाएसम्म यहाँको अर्थ व्यवस्था सबल बनाउन र गरिबी न्यूनीकरण गर्न सकिंदैन । वास्तवमा थोरै कृषि उत्पादन र कृषिमा आवश्यकताभन्दा बढी श्रमशक्ति लगानी भइरहेको वर्तमान स्थितिबाट कृषि व्यवसायलाई बजारमुखी र नाफामुखी नबनाएसम्म यहाँका नागरिकहरूको जीवनस्तरमा ठोस सुधार ल्याउन सकिंदैन । त्यसैले, यसतर्फ समयमै ध्यान जान आवश्यक छ ।

कृषि विकासका लागि सिँचाइले महत्वपूर्ण भूमिका खेल्छ । तर, यहाँको खेतीयोग्य जग्गाको आधा भागमा पनि सिँचाइ सुविधा पु¥याउन नसकिएकोले यहाँका अधिकांश कृषकहरूले मनसुनी वर्षामा भर पर्नुपरेको छ । त्यसैले, यहाँको कृषि विकास गर्न सिँचाइको थप विकास गर्न आवश्यक छ ।

नेपालका अधिकांश युवाहरू कामको खोजीमा विदेश जान्छन् । उनीहरूलाई कृषिमा आकर्षित नगराएसम्म उक्त क्षेत्रको विकास गर्न सकिंदैन । कृषिमा उनीहरूको अधिकतम् सहभागिता जुटाउन सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराउन आवश्यक छ ।

देशको कृषिमा प्राविधिक सीप विकास व्यवसायिकताको कमी देखिन्छ । त्यसैल,े यस क्षेत्रमा लगानीको अवसर अभिवृद्धि गर्नुपर्ने देखिन्छ जसका लागि कृषि कर्जाको महत्वपूर्ण भूमिका हुन्छ ।

वस्तुतः कृषिमा लगानी बढाउन बैंकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उक्त क्षेत्रमा लगानी बढाउनका लागि नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उक्त बैंकले औपचारिक रूपमै उत्पादनशील क्षेत्रमा कर्जा दिनुपर्ने र नदिएमा हर्जनासमेत लगाइने कुरा बैंकहरूलाई दिइएको निर्देशनमा प्रस्ट रूपमा उल्लेखित गरिएको छ ।

परन्तु, कर्जा लिनेहरूको संख्या धेरै र तिर्नेहरूको संख्या कम भएकोले धेरैजसो बैंकहरू उक्त क्षेत्रमा लगानी गर्न तत्पर देखिँदैनन् । वास्तवमा कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन निम्नस्तरको प्राविधिक तथा कृषि विज्ञहरूको ठूलो हात छ ।

कृषि विकासविना नेपालको आर्थिक विकास सम्भव छैन । यही कुरालाई मनन गरेर यो वर्ष सरकारले यहाँका कृषकहरूलाई करिब सबा अर्ब रुपैयाँ अनुदान दिन छुट्याएको छ । उक्त अनुदान व्यावसायिक कृषिसम्बन्धी परियोजना तथा आयोजनाहरू सञ्चालनका लागि प्रदान गर्न लागेको छ ।

तर, उक्त आयोजना तथा परियोजनाहरू छनोट गर्न कठिनाई हुनाले उक्त अनुदान लक्ष्यअनुरूप प्रदान हुने कुरामा शंका छ । योबाहेक उक्त आयोजना तथा परियोजनाहरू यथोचित परिपाटीबाट सञ्चालन भएका छन् वा छैनन् भन्ने कुराको नियमित अनुगमन तथा प्रभावकारिता मूल्यांकन गर्नुपर्छ जुन निकै खर्चिलो एवं कठिन हुन्छ ।

सरकारले यो वर्ष केही कृषि उपजको व्यावसायिक उत्पादन तथा बजारीकरणका लागि पनि अनुदानको व्यवस्था गरेको छ । परन्तु, उक्त अनुदानका लागि कुन क्षेत्र वा खाद्यवस्तु उपयुक्त हुन्छ भन्ने कुरा थाहा पाउन कठिनाइ हुनेछ ।

कृषिबाट ठोस फाइदा प्राप्त गर्न व्यावसायिक तरिका अपनाउन आवश्यक छ । जसका लागि बैंकहरूमा कारोबार गर्ने अभ्यास गर्न जरुरी छ । बैंकहरूबाट ऋण कसरी लिने ? ऋण कसरी प्रयोग गर्ने ? भुक्तानीको माध्यम के हुन्छ र बैंक खाताबाट कसरी कारोबार हुन्छ ? भन्ने कुराको व्यवहारिक ज्ञानको बारेमा यहाँका कृषकहरूलाई जानकारी दिनका लागि व्यावसायिक कृषि तथा व्यापारसम्बन्धी आयोजना-परियोजनाहरू बैंकिङ क्षेत्रसँग आबद्ध गर्न उचित हुन्छ । यसबारे व्यवसायिकता कार्यकुशलता, बैकिङ अभ्यास र वित्तीय क्षेत्रबाट कृषि विकासमा योगदान भई कृषि उपजहरू निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नमा समेत कृषकहरू अभ्यस्त हुनेछन् ।

वास्तवमा कृषि क्षेत्रलाई प्रविधियुक्त र व्यवसायीकरण गर्न सकेमा कृषिमा गरिएको लगानीबाट आशा गरेअनुरूप फाइदा हुनसक्छ । तर, वर्तमान समयमा पनि सरकारको ध्यान कृषि उत्पादन अभिवृद्धिमा मात्र आकृष्ट भएको छ भने बजारीकरण तथा प्रविधिको प्रयोगमा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । त्यसैले, यसतर्फ पनि ध्यान पु¥याउनु आवश्यक छ ।

हुन त नेपालमा प्रथम पञ्चवर्षीय योजनादेखि नै कृषि प्राथमिकतामा परेको क्षेत्र हो । तर, केही वर्षयता विभिन्न ठाउँमा आवासका लागि प्लटिङ गर्ने काम तीव्र रूपले बढेकोले यहाँको खेतीयोग्य भूमि घट्ने क्रममा छ । त्यसैले, थोरै जग्गामा बढी उत्पादन गर्न नसके यहाँको अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्छ ।

हाल नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिमा संलग्न भए तापनि यहाँ वार्षिक १ खर्बभन्दा बढीको कृषिजन्य वस्तुको आयात भइरहेको छ । वर्तमान समयमा पनि यहाँबाट कृषिजन्य कोरा वस्तु मात्र निर्यात गरिन्छ ।

वास्तवमा यहाँ कोरा वस्तुको निर्यात गर्नुको साथै भ्यालु एडिसन प्रोसेसिङ उद्योगहरूको प्रबद्र्धन तथा सम्बद्र्धन गर्न आवश्यक छ । यति मात्र होइन, सहकारी तथा सामुदायिक खेतीका लागि सरकारले आकर्षक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ जसमा अधिकतम कृषकहरू आकृष्ट हुन सकून् ।

उन्नत बिउको प्रयोगले १५ देखि २० प्रतिशतसम्म कृषि उत्पादन बढ्नसक्ने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । परन्तु, हालसम्म पनि नेपालमा र खास गरेर ग्रामीण क्षेत्रमा स्थानीय बिउबिजन बढी मात्रामा प्रयोग गरिन्छ । फलतः यहाँ, कृषि उत्पादन आशा गरेअनुरूप बढ्न सकेको छैन । त्यसैले, यहाँ उन्नत बिउबिजनको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक छ ।

कृषि उत्पादन वृद्धिका लागि सिँचाइले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले, यहाँका नदीनालाहरूमा बाँध बाँधी हालसम्म असिञ्चित जग्गालाई पनि सिञ्चित गर्न आवश्यक छ । यति मात्र होइन, एकातिर खेर गएको बाग्मती नदीको पानी प्रशोधन गरी सिँचाइ सुविधा अभिवृद्धि गर्न आवश्यक छ भने अर्काेतिर मधेशमा उपयुक्त नहरको थप व्यवस्था गरी डिप बोरिङ तथा थोपा सिँचाइको पनि राम्रो व्यवस्था गर्न उत्तिकै जरुरी छ ।

आजसम्म पनि नेपालको अधिकांश ठाउँमा पुरानो तरिकाबाट खेती गरिन्छ । बढ्दो युवाशक्तिको विदेश पलायनका कारण हाल गाउँघरमा श्रमको अभाव छ । फलतः यहाँका कतिपय ठाउँमा खेतीयोग्य जमिन पनि बाँझो राख्नुपरेको छ । यस्तो अवस्थामा उपयुक्त खेतीयोग्य जमिनमा यान्त्रिकीकरण गर्न सके समय र श्रमको बचत भई कृषि उत्पादन बढाउन सकिन्छ ।

वास्तवमा कृषियन्त्रहरूको प्रयोगको दृष्टिकोणबाट नेपाल अझै पनि निकै पछि छ । सरकारी तथा गैरसरकारी पहलमा यहाँ यान्त्रिकीकरण सुरु गरिए तापनि १ प्रतिशतभन्दा पनि कम किसानहरूले पावर टिलर प्रयोग गर्छन् भने ट्रयाक्टर र थ्रेसरजस्ता यन्त्र १० प्रतिशतभन्दा पनि कम किसानहरूले प्रयोग गर्छन् ।

यहाँ उपयुक्त कृषियन्त्रहरू उपयुक्त ठाउँमा रोप्ने, काट्ने, चुट्ने, सुकाउन र थन्काउनका लागि सरकारले विशाल सामुदायिक भण्डारणको व्यवस्था गर्नसके यहाँको धानबाली काट्ने बित्तिकै थोरै मूल्यमा भारत निर्यात गर्नुपर्ने बाध्यता घट्नेछ र यहाँको अर्थतन्त्रमा सकारात्मक असर पर्नेछ ।

नेपालमा रोजगारीको अभावमा प्रत्येक वर्ष बिदेसिने युवाहरूको संख्या रोकिएको छैन । त्यसैले, यहाँको कृषिलाई व्यवसायीकरण गर्न सके उक्त युवाहरूलाई कृषिमा संलग्न गराउन सकिनेछ र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ ।

प्रतिक्रिया