पदयात्रा र पर्वतारोहणमा जाने विदेशी पर्यटकहरूविना गाइड÷भरिया आफूखुसी नक्सा र किताबको भरमा जाने हुनाले नै यो समस्या घरिघरि आउने गरेको छ । यसरी आफूखुसी पदयात्रामा जाने विदेशी पर्यटकहरूलाई नेपालमा ‘झोले पर्यटक’ भनिन्छ भने विश्वमा खासगरी अंग्रेजी भाषामा ‘ब्याक प्याकर’ भनिन्छ । अर्को भाषामा यस्ता झोले पर्यटकलाई अंग्रेजी भाषामा ‘वेस्ट टुरिस्ट’ पनि भनिन्छ ।
कहिलेकाहीँ नेपालमा घुम्न आएका विदेशी पर्यटक हराएको समाचार विभिन्न पत्रपत्रिकामा पढ्ने वा सुन्ने गरेका छौँ । साथै, त्यसरी हराएका विदेशी पर्यटकका आफन्तहरू हजारौँ-लाखौँ रकम पुरस्कार दिने घोषणा गर्दै हराएका आफन्तको खोजीमा नेपाल आउँछन् ।
जस्तो गत वैशाख-जेठमा गणेश हिमाल क्षेत्रमा दुइजना ताइवानी जोडी धेरै दिन बेपत्ता ९लगभग २ महिना० भए भने, धेरै दिनपछि हराएका मध्ये महिलाको मृत्यु भयो । जीवित रहेका पुरुषको भने लगभग २ महिनामा उद्धार भएको थियो ।
पदयात्रा र पर्वतारोहणमा जाने विदेशी पर्यटकहरूविना गाइड÷भरिया आफू खुसी नक्सा र किताबको भरमा जाने हुनाले नै यो समस्या घरिघरि आउने गरेको छ । यसरी आफू खुशी पदयात्रामा जाने विदेशी पर्यटकहरूलाई नेपालमा ‘झोले पर्यटक’ भनिन्छ भने विश्वमा खासगरी अंग्रेजी भाषामा ‘ब्याक प्याकर’ भनिन्छ ।
अर्को भाषामा यस्ता झोले पर्यटकलाई अंग्रेजी भाषामा ‘वेस्ट टुरिस्ट’ पनि भनिन्छ । जसको अर्थ उनीहरूले सम्बन्धित देश वा ठाउ“मा गएर खर्च गर्नेभन्दा पनि त्यहाँको वातावरण, हावापानी, संस्कार, संस्कृति आदि दूषित बनाउने, खर्चिलो पर्यटकलाई भड्काउने लगायतका काम गर्छन् भन्ने भनाइ छ । यो भनाई धेरै हदसम्म सत्य पनि हो । किनभने यो पंक्तिकार स्वयं पनि ट्रेकिङ गाइड (गाइड लाइसेन्स नम्बर–४२४२ ‘ग्रेड ए’) हो । त्यसैले, यो पंक्तिकारसँग थुप्रै यस्ता अनुभवहरू रहेका छन् ।
उनीहरू पिउने पानीसमेत खोला, दह, पोखरी आदिबाट संकलन गरेर पानी शुद्ध पार्ने चक्की राखेर पिउने गर्छन् । त्यति मात्रै होइन, कतिपय त्यस्ता झोले पर्यटकहरूले त होटल÷लज र रेस्टुरेन्टमा तोकिएको मेनु ९मूल्य० मा पनि सकेसम्म मूल्य घटाउन दबाब दिन्छन्, बार्गेनिङ गर्छन् । त्यस्ता विदेशी पर्यटकको संख्या वर्षमा १०, २०, ३०, ४०, ५० र ६० लाख मात्रै होइन, १० करोड नै पुगे पनि आर्थिक रूपमा नेपालीहरूले के कति फाइदा लिन सक्छन् रु त्यो भने विचारणीय छ ।
कहिलेदेखि हराउन थाले पर्यटकहरू ?
नेपालमा घुम्न आएका र घुम्न जा“दा त्यतै हराएका विदेशी पर्यटकहरूका बारेमा कुरो गर्दा सर्वप्रथम १ चैत ०३७ सालमा गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडीद्वय ओल्फगाग र हेनरिखे सोही वर्षको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छार्काभोट–दुनै–ढोरपाटन–पोखरा घुम्न गएका थिए ।
तर, उनीहरू ६ महिनासम्म पनि सम्पर्कमा नआएपछि काठमाडाैंस्थित तत्कालीन पश्चिम जर्मनीको राजदूतावासले खोजी कार्य गर्न नेपाल सरकारलाई आग्रह गर्यो । त्यसपछि नेपाल प्रहरीले ती जोडीद्वयको खोजी गर्दै जाँदा प्रहरीले डोल्पा जिल्लाको छर्काभोट गाउ“को एक ओढारमा दुवैजनालाई मृत अवस्थामा (लास मात्रै) भेटेका थिए । उनीहरूलाई स्थानीय केही व्यक्तिहरूले पैसा र सरसमानको लोभमा हत्या गरेका थिए ।
तर, अचम्म के भने, त्यो वेला तत्कालीन श्री ५ को सरकारले विदेशीहरूलाई माथिल्लो डोल्पा, मााथिल्लो मुस्ताङ र माथिल्लो गोरखालगायत धेरै हिमाली जिल्लाहरूमा जान प्रतिबन्ध लगाएको अवस्था थियो । जबकि, ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रमा गएको भनी ती दुईको लास भेटिएपछिको गोरखापत्रमै १८ वैशाख ०३८ सालमा प्रकाशित समाचारमा जनाइएको छ ।
त्यस्तै हराएकै पर्यटकको सन्दर्भमा भन्ने हो भने ०६० सालमा पनि श्रीलंकन मुलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण भ्यालीतर्फ लागेका थिए । तर, उनी धेरै लामो समयसम्म पनि सम्पर्कमा नआएपछि उनकी दिदी एना नेपाल आई खोजी कार्यमा लागेकी थिइन ।
उनी भेटिए नभेटिएको बारेमा भने कुनै समाचार छापिएन । यता त्यही सेरोफेरोमा राजधानीको मुटुमै रहेको रानीवनमा पनि ०६१-६२ मा एक फ्रेन्च महिला सेलिना र एक जर्मन महिला ग्रुन्ची पनि महिनौसम्म हराएका थिए । त्यसपछि नेपालस्थित फ्रेन्च राजदूतावासले खोजी गर्दा सेलिनाको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो ।
उता ग्रुन्चीको पनि हालत त्यस्तै भयो । अर्थात् ग्रुन्चीको खोजीका लागि उनको केटा साथी र बहिनी नेपाल आएका थिए । त्यस्तै हराएका पर्यटकको बारेमा कुरो गर्दा सन् २००९ अप्रिल तेस्रो साता इरानका एक पर्यटककी पत्नी पनि हराएकी आफ्नो पति महमुद हरारीको खोजीमा आएकी थिइन, १ हजार अमेरिकी डलरको पुरस्कार राशि दिने घोषणासहित । तर, उनको पनि अत्तोपत्तो भएन ।
२०१० को सेप्टेम्बरमा पोखराको ड्याम साइडबाट एक जापानिज पर्यटक हराएका थिए । ती जापानिज पर्यटक हराएपछि उनका बुबा आएर छोरोको सास वा लास भेटेमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । तर, ती हराएका जापानिज पर्यटकको पनि पत्तो लागेन । उता सन् २०१५ मा भूकम्पबाट क्षति भएको गोरखा क्षेत्रमा उद्धार कार्यमा खटिन आएकी इजिप्सियन मुलकी अमेरिकी महिला डालिया याहिला नामक पर्यटकलाई पोखराका एक नेपालीले केही धन र यौनको लोभमा हत्या गरेका थिए ।
हुन त यो पंक्तिकारले विदेशी पर्यटकको सुरक्षा र नेपालीहरूका रोजगारीका लागि पनि ‘एक पर्यटक, एक नेपाली’ को नीति लागू गरिनुपर्छ भनी प्रकाश राई ‘दीन दुःखी’ को नामबाट लेख्दै आएदेखि नै आवाज उठाउँदै-सुझाव दिँदै आएको हो । किनकि, सबै मान्छेको मन सफा हु“दैन । त्यसमाथि नेपालको भूगोल र भौतिक पूर्वाधार पनि यी झोले पर्यटकहरूका लागि अझसम्म प्रतिकूल नै छ ।
हुन त टानलगायत पर्यटन व्यवसायीहरूको संघ-संस्थाले पनि यो माग सरकारसमक्ष राख्न थालेका छन् । जुन खुसीको कुरो हो । झट्ट हेर्दा पर्यटकको अलिकति खर्च त बढ्ला नै । तर, उनीहरू सुरक्षित हुन्छन् भई ढुक्कसँगले घुम्न पाउँछन् भने यसमा किन कन्जुस्याइँ गर्ने ? फेरि माथि नै उल्लेखित गरे झैँ दक्षता हासिल गरेर पनि बेरोजगार भई बसेका जनशक्ति (ट्रेकिङ-टुर गाइडहरू) ले रोजगारी पाउने कुरो पनि त छ । फेरि यस्तो नीति नियम भुटान सरकार र चीन सरकारले कडाइका साथ लागू गरेका छन् । भुटानले त अझ वर्षमा निश्चित संख्यामा मात्रै विदेशी पर्यटक भित्र्याउँछ ।
यसरी हेर्दा नेपालमा पनि अनिवार्य गाइडको नियम लागू गर्न सकेमा विदेशी पर्यटक हराउने र, कहिल्यै नभेटिने जुन समस्या छ त्यो पूर्णतः हट्छ भनेर ठोकुवा गर्न सकिन्छ । तर, यसका विरुद्धमा नेपालमा रहेका राजदूतावासका अगुवाहरू, दातृ निकायमा कार्यरत व्यक्तिहरू, आइएनजिओ-एनजिओहरू र नेपालमा आफू खुसी ट्रेकिङलगायतका पर्यटकीय प्याकेज बेचेर गैरकानुनी ढंगले प्रशस्त कमाई गरिरहेका विदेशी गाइडहरूले समेत एक स्वरमा ‘मानव अधिकार हनन् १’ को कुरो गर्ने गरेका छन् ।
जबकि, उनीहरूको पेटबोली भने आफूखुसी डलरदाताहरूलाई गाउ“गाउ“ घुमाउनु, टे«किङ गराउनु आदि नै रहेको देखिन्छ । त्यसैले यस्तो गैरकानुनी कार्य रोक्नका लागि पनि नेपाल सरकारले गाइड वा भरियाविना पदयात्रा गर्न नपाउने व्यवस्था चा“डोभन्दा चाँडो लागू गर्नैपर्ने देखिन्छ ।
प्रतिक्रिया