आइएस १४ लडाकु पक्राउ

एजेन्सी । टर्कीमा आगामी आइतबार निर्वाचन हुन गइरहेको बेल आक्रमणको योजना बनाइरहेका भनिएका इस्लामिक स्टेट्सका संदिग्ध १४ जना लडाकु सुक्रबार पक्राउ परेका छन् ।

राज्यद्वारा सञ्चालित सञ्चारमाध्याम आनाडोलुले सो जानकारी दिएको छ । टर्कीको राजधानी आङ्कारा शहरको आवासीय भवनमा बसिरहेका ती १४ व्यक्ति सवै विदेशी नागरिक भएको बताइएको छ ।

आगामी आइतबार हुनलागेको निर्वाचनमा आफ्नो पार्टीको बहुमतको लागि पुनःजनादेश प्राप्त गर्न त्यहाँका राष्ट्रपति रेसे तायिप इर्डोगानको प्रयास जारी रहेको छ ।

यस निर्वाचनसँगै सुरक्षामा पनि निकै नै कडाइ गरिएको समाचारमा जनाइएको छ । सन् २०१५ र २०१६ मा आइएस र कुर्दिस लडाकुले नै दावी गरेका आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया