यसिमा महत
काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा रोग पहिचानका लागि महत्वपूर्ण मानिने उपकरण सिटिस्क्यान तथा एमआरआई लामो समयदेखि मर्मत नहुँदा बिरामी समस्यामा परेका छन् ।
एक महिनादेखि रोग पहिचान गर्ने यी उपकरण बिग्रिएका भए पनि अस्पतालले बनाउनेतर्फ ध्यान नै दिएको छैन । यी उपकरण नबन्दा अस्पतालमा आउने बिरामी निजी अस्पताल धाउन बाध्य छन् । उपचारका अस्पताल आएका बिरामी अन्य अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने अवस्था छ । दुई\तीन वर्षअघि अस्पतालमा जडान गरिएको सिटिस्क्यान मेसिन भने भर्खरै बनेको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । तर, एमआरआई मेसिन भने अहिलेसम्म बनेको छैन । ‘एमआरआईको केही पार्टपुर्जा बिग्रिएको छ, हाम्रो देशमा सियो पनि बन्दैन, अन्य देशबाट ल्याउनुपर्छ, त्यसैले समय लागेको हो,’ निर्देशक बस्नेतले भने, ‘तीनपटक बनाइसकियो, फेरि पनि बिग्रियो, बिहीबार एयरपोर्टमा सामान आएको छ, त्यो ल्याएर बनाएपछि चल्छ कि भन्ने आस लागेको छ ।’ कमिसनको लोभमा नक्कली सामान प्रयोग गर्दा एमआरआई मेसिनमा पटक–पटक समस्या आएको अस्पताल स्रोतले जनाएको छ । निजीमा भन्दा वीर अस्पतालमा सिटिस्क्यान सेवा ५० प्रतिशत नै सस्तो छ । एमआरआई पनि ३० देखि ४० प्रतिशत सस्तो पर्दछ ।
प्रतिक्रिया