मुलायमद्वारा बन्द घोषणा

तेहरान, १४ जेठ । इरानको पारमाणविक क्रियाकलापबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आइएईए) द्वारा प्रकाशित प्रतिवेदनमा इरानमा जारी परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको प्रमाण फेला परेको उल्लेख भएको आइएइएका लागि इरानी दूतले दाबी गरेका छन् । इरानी दूत अली अस्घर सोल्तनिहले शुक्रबार यस्तो दाबी गरेका हुन् ।
इरानी प्रतिनिधिबाट यस्तो दाबी गरिए पनि प्रतिवेदनमा इरानमा थप उच्चस्तरको प्रशोधित युरेनियम रहेको जनाइएको बताइन्छ । तर, यस विषयमा सोधिएको प्रश्नमा सोल्तनिहले केही बताएनन् ।
प्रतिवेदनले इरानको पारमाणविक क्रियाकलाप निर्बाध अघि बढेको र त्यसको सैन्य प्रयोजन नरहेको पुष्टि गरेको दाबी उनले गरे । ‘प्रतिवेदनबाट इरानको पारमाणविक क्रियाकलापको प्रकृति शान्तिपूर्ण रहेको र इरानले परमाणु प्रशोधनका क्षेत्रमा सफलता हात पार्दै गएको देखिएको छ,’ उनले भने ।
प्रतिवेदनले इरानको एउटा पहाडी बङ्करमा युरेनियम प्रशोधनको स्तर २७ प्रतिशतसम्म पुगेको जनाएको बताइन्छ । पश्चिमी मुलुकले इरानले युरेनियम प्रशोधनलाई ९० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको आरोप लगाउने गरेका छन् । ९० प्रतिशतको प्रशोधित युरेनियम आणविक बम बनाउन प्रयोग हुन्छ । तर, इरानले भने शान्तिपूर्ण प्रयोजनका लागि परमाणु प्रशोधन गरिएको दाबी गर्दै आएको छ । (एएफपी)

प्रतिक्रिया