एजेन्सी
काबुल । अफगानिस्तानमा तालिबानका सैन्य सल्लाहकारका रूपमा काम गरिरहेका जर्मन नागरिक पक्राउ गरिएको छ । यो पक्राउ हेलमन्ड प्रान्तबाट भएको हो । अफगानीस्तानमा भइरहेको आतंककारी गतिविधिमा युरोपियन नागरिक फेला पर्नु यो दुर्लभ प्रमाण हो ।
प्रान्तीय गभर्नर कार्यालयका प्रवक्ता उनर जवाकले भने, ‘कालो पगरी गुथेका, लामो दाह्री पालेका, गोरो वर्णका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।’ जर्मन भाषा बोल्ने करिब ४० वर्षीय यी व्यक्तिले आफूलाई जर्मन नागरिक बताउने गरेको बताइएको छ ।
उनलाई जेरेस्क जिल्लाबाट अन्य तीन तालिबानीसँगै पक्राउ गरिएको हो । उसलाई र उसका साथीहरूलाई अफगान विशेष बलले वायुसेनाको सहयोगमा पक्राउ गरेको हो । सेनाले जारी गरेको विज्ञप्तिमा जर्मन नागरिकले आफ्नो नाम अब्दुल बदुद् भएको बताएका छन् । थप अनुसन्धानका लागि उसलाई कान्धार लगिएको बताइएको छ ।
जेरेस्कका प्रहरी प्रमुख इस्माइल खलवाकले पक्राउ परेका विदेशी नागरिकले आफूलाई मुल्ला नासिरका सैन्य सल्लाहकार बताएका छन् । मुल्ला नासिर हेल्मन्डमा तालिवान लडाकुहरूको विशेष युनिटका प्रमुख हुन् । तालिबानका तर्फबाट मध्य एसिया वा अरब देशका नागरिक लड्न आएको कुरा वेलाबखत सार्वजनिक हुने गरे पनि कुनै युरोपियन देशबाट लड्न आएका यी पहिलो व्यक्ति हुन् ।
प्रतिक्रिया