एजेन्सी
मस्को । रुसका कैयौँ महिला पत्रकारले सांसद् तथा उच्च अधिकारीमाथि यौन शोषणको आरोप लगाएका छन् । यसमध्ये कतिपयले आफ्नो पचिान लुकाएका छन् भने कतिपयले भने खुलाएका छन् ।
हालै संसद्को तल्लो सदन् डुमाको समाचार संकलन गर्ने दुई जना पत्रकार र निजी टिभी दोझद च्यानलकी टेलिभिजन प्रोड्युसरले पहिचान गौप्य राख्दै डुमाका वैदेशिक मामला समितिका प्रमुख लेआनिद स्लुत्सकीमाथि यस्तो आरोप लगाएका छन् । ५० वर्षीय स्लुत्सकी लिबरल डेमोक्रयाटिक पार्टीका सांसद् हुन् ।
एक पत्रकारले २२ फेब्रुअरीमा च्यानलमा भनेका थिए कि उनको पिठ्युमा हात राखेर त्यसलाई माथितिर सार्दै लगेका थिए । टेलिभिजन प्रोड्युसरले भनिन्, ‘उसले चुम्बन गर्ने कोसिस गर्दै पिठ्युमा हात राखेका थिए ।’ रुसको निजी टेलिभिजन च्यानल आरटिभीकी उपप्रधान सम्पादक येकातरिना कोत्रिकाद्जेले भने खुलेआम आरोप लाएकी छन् ।
प्रतिक्रिया