अब जनताले सरकार भएको अनुभूति गर्नेछन्

मैले गरेको अध्ययनका क्रममा काठमाडौंजस्ता सहरमा भएको प्रदूषण छेक्न लागाइने माक्र्स २ हजार ५ सयदेखि तीन हजार रुपैयाँसम्म पर्ने हुँदा रहेछन् । अहिले हामीले लगाउने १०/१५ रुपैयाँको माक्स त मनको सन्तोक मात्र हो । अहिले नै तीन हजारको माक्स किन्ने क्रयशक्ति सडकमा हिँड्ने प्रत्येक नेपालीको छैन । त्यसैले वातावरणको प्रदूषण रोक्नु नै सबैभन्दा ठूलो विकल्प देखेको छु । नेपालमा यस्ता ठाउँ पनि छन् जहाँ राती सुतेपछि मात्र माक्स खोल्न मिल्छ । धेरै घरहरू चौबिसै घण्टा धुवाँधुलो छेक्न थुन्नुपर्ने आवश्यकता छ । हो यी समस्याको समाधानका लागि कम्तिमा पनि एक वर्षभित्र नेपालका जुनसुकै ठाउँमा पुग्दा माक्स लाउननपर्ने अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्ने सोचका साथ काम गर्ने मेरो योजना छ । त्यसका लागि समग्र योजनाको खाका बनाइसकेको छु ।

लालबाबु पण्डित
म जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भएँ । नियुक्तिपछिको लगातारको बिदामा शुभकामना आदानप्रदानको काम भयो । मैले यो मन्त्रालयको जिम्मेवारी पाएपछि पनि केही परिवर्तन महसुस हुने काम गर्ने योजना बनाएको छु । पहिलेको सरकारमा रहेका वेला जनताले गरेको विश्वास यो कार्यकालमा पनि हट्न दिनेछैन ।

मेरो योजना भनेको नेपाल र नेपालीले सरकारको अनुभूति हुने गरी काम गर्ने भन्ने नै हो । मैले बिहीबार जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय (विभिन्न मन्त्रालयका सचिवहरू, विभागका प्रमुखहरू, महानगरपालिका, नगरपालिका, मेलम्ची खानेपानी आयोजनका प्रमुख, फोहोरमैला व्यवस्थापनको काम गर्ने) को संयुक्त बैठक राखेर अहिले भइरहेका काम तथा अबको भावी कार्यदिशाका बारेमा जानकारी गराएको छु । म आशावादी छु चाँडैदेखि नै जनताले सरकार भएको आभाषसहित परिवर्तनको अनुभूति गर्नेछन् ।

अर्को कुरा देशमा बढेको प्रदूषण नियन्त्रण गर्दै वातावरण स्वच्छ राख्नुपर्छ भन्ने ध्येयले मेरो मन्त्रालयले काम गरिरहेको छ । अर्को कुरा देशमा बढेको प्रदूषण नियन्त्रण गर्दै वातावरण स्वच्छ राख्नुपर्छ भन्ने ध्येयले मेरो मन्त्रालयले काम गरिरहेको छ । बढी प्रदूषण भएका काठमाडौं उपत्यकासहित देशभरका विभिन्न सहरहरूमा माक्र्सको प्रयोग बढेको छ । अहिले सर्वसाधारणले प्रयोग गर्ने माक्र्स कम मूल्यको भएकाले यसले धुलोको कणहरू रोक्न सक्दैन । आफ्नो मन छेक्नका लागि मात्र माक्र्सको प्रयोग भएको छ । जसले प्रत्येक मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ ।

मैले गरेको अध्ययनका क्रममा काठमाडौंजस्ता सहरमा भएको प्रदूषण छेक्न लागाइने माक्र्स २ हजार ५ सयदेखि तीन हजार रुपैयाँसम्म पर्ने हुँदा रहेछन् । अहिले हामीले लगाउने १०÷१५ रुपैयाँको माक्स त मनको सन्तोक मात्र हो । अहिले नै तीन हजारको माक्स किन्ने क्रयशक्ति सडकमा हिँड्ने प्रत्येक नेपालीको छैन । त्यसैले वातावरणको प्रदूषण रोक्नु नै सबैभन्दा ठूलो विकल्प देखेको छु । नेपालमा यस्ता ठाउँ पनि छन् जहाँ राती सुतेपछि मात्र माक्स खोल्न मिल्छ । धेरै घरहरू चौबिसै घण्टा धुवाँधुलो छेक्न थुन्नुपर्ने आवश्यकता छ । हो यी समस्याको समाधानका लागि कम्तिमा पनि एक वर्षभित्र नेपालका जुनसुकै ठाउँमा पुग्दा माक्स लाउननपर्ने अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्ने सोचका साथ काम गर्ने मेरो योजना छ । त्यसका लागि समग्र योजनाको खाका बनाइसकेको छु ।
फाहोर नियन्त्रणका उपाय

पहिलो कुरा अहिले देशभर विकास निर्माणका धेरै आयोजना सञ्चालन भइरहेका छन् । ती आयोजनाले निर्माणका क्रममा धेरै धुलो धुवाँ उत्पादन गरिरहेका छन् । त्यसलाई न्यूनीकरण गर्ने र धुलोमुक्त अवस्थामा काम गर्ने गरी उनीहरूलाई जिम्मेवारी दिनुपर्छ । यस्ता आयोजनालाई नियम नै बनाइएको छ । दिनमा चारपटक पानी हाल्ने जसका कारण धुलो नउडोस् । तर, यो कागजमा मात्र सीमित छ । उनीहरूले त हप्तामा एकपटक पनि पानी हालेको देखिँदैन । यो सरासरी लापरबाही हो । अबका दिनमा यो लापरबाही कुनै हालतमा पनि सैह्य हुँदैन ।

दोस्रो कुरा हामीले प्रयोग गरिने अधिकांश फास्टफुटहरू प्लास्टिकले ¥यापिङ गरिएका छन् । ती खानेकुुरा खाएर सडकमा फाल्ने परिपार्टी छ । जुन प्लास्टिक ५० वर्षसम्म कुहिँदैन । एकपटकको प्रयोगले ५० वर्षसम्म पिरोल्ने, माटोको उत्पादन शक्ति पनि घटाउने गरेको छ । अझै हिलो हुँदा टाँसिने, सुख्खा हुँदा उडेर घरघर तथा मान्छेको मुखमुख पुग्ने अवस्था छ । त्यसैले मैले खानेकुरा ¥यापिङ गर्ने प्लास्टिकहरू माटोमा परेको तीनमहिना नपुग्दै कुहिने खालको सामग्री बनाउने मेरो योजना छ । यस विषयमा मैले उद्योग मन्त्रालय तथा वातावरण मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छु । चाँडै यसले पनि मूर्त रूप लिनेछ ।

प्लास्टिकका झोला नियन्त्रणका लागि ठोस योजना सार्वजनिक हुनेछ । नेपालका अधिकांश भूभाग तथा खोलानालाहरू प्रयोग भएका प्लास्टिकले ढाकेका छन् । तपार्इंले घर बाहिर निस्केर हेर्नुहोस् सडकमा त्यही छ, खेतमा त्यही छ, चारैतिर त्यही देखिन्छ । हामीले प्लास्टिक निषेधित क्षेत्र भनेर साइनबोर्ड मात्र लगाएका छौँ । यसलाई कार्यान्वयनका लागि मेरै नेतृत्वमा प्रभावकारी भूमिका खेलिनेछ । अब यसको न्युनिकरणका लागि निश्चित माइक्रोनका झोला उत्पादन गरी अन्यको उत्पादन तथा आयातमा रोक लगाउनुपर्छ । बजारमा पठाउने अनि प्रयोग गर्न हुँदैन भनेर नियन्त्रण गर्न सकिँदैन ।

अर्को कुरा हामीलाई संस्कार सिकाउनका लागि दण्ड अनिवार्य बनेको छ । यहाँ फोहोर नफाल्नुहोला भनेर जहाँ लेखिएको छ । हामी त्यही गएर फोहोर फाल्छौँ । यो नजानेर होइन । गर्दा के हुन्छ ? मलाई कसले के गर्छ भनेर हो । अर्थात दण्डहीनताको कमीले हो ।
गाडी धुवाँ खतरा

धुलोले मानिसको स्वास्थ्यमा पार्ने प्रभावभन्दा बढी गाडीबाट निस्कने धुवाँले असर गर्ने गरेको छ । यसले श्वासप्रश्वासमा समस्या पार्नुका साथै क्यान्सरको कारण पनि भएको फेला पारेको छ । त्यसैले अब १ वैशाखदेखि प्रत्येक गाडीले तोकिएको मापदण्ड पूरा गरी हरियो स्टिकर लिनुपर्नेछ । हरियो स्टिकर नभएका गाडीलाई महानगरपालिकाभित्र प्रवेशमा रोग लगाउनेसहितको सूचना प्रकाशित गरिसकिएको छ । यो सूचनाका लागि मात्र सूचना होइन । अवश्य कार्यान्वयन हुनेछ ।

त्यस्तै विकास निर्माणमा खटेका संस्थानहरूबीचको तालमेल छैन । एक दिन एउटाले खन्छ अनि पुर्छ । फेरि अर्को दिन अर्कोले खन्छ र पुर्छ । अर्को दिन पनि त्यही हुन्छ । जसले एकै ठाउँमा हुने कामको तालमेल नहुँदा त्यहाँ धुलो फोहोर हुन्छ । अब हामी त्यसलाई नियन्त्रण गर्छौं । निर्माणका काम गर्ने सबै सरोकारवालालाई उनीहरूले गर्ने कामको योजना मगाएर सबैलाई मिलाएर एकपटक खन्दा हुनेगरी काम गराउने तयारी हामीले गरिरहेका छौँ ।

अर्को कुरा प्राकृतिक सम्पदाको प्रयोगमा हाम्रो असावधानीले फोहोर बढेको छ । यसलाई राष्ट्र र जनताको हितमा खर्चिने गरी प्रयोग गर्नुपर्छ । क्रसर चलाउँदा भएको विखण्डन तथा फाहोर, नदीजन्य पदार्थको प्रयोगले निम्त्याएका समस्या समाधानका लागि काम गरिरहेका छौँ । अब अवैधानिक रूपमा दीर्घकालीन असर गर्ने खालका कुनै पनि सम्पदाको प्रयोगमा हामी रोक लगाउनेछौँ । प्रकृतिले मानवजातिको रक्षाका लागि दिएका सम्पदा सधँैसधँै मानवको हितमा प्रयोग गराउने यो सरकारको काम हुनेछ । त्यस्तै इँटा उद्योगहरूले निकालेको धुँवाको मुस्लोले धेरै प्रदूषण बढाएको छ । यसलाई पनि मापदण्डभित्र काम गर्ने गरी कम प्रदूषण गराउने गरी काम गर्नेछौँ ।

एउटा कुरा काठमाडौं राजधानीको । यहाँ सबैभन्दा पढेलेखेका मान्छे छन् । धनिमानी पनि यहीँ छन् । देशविदेश घुमेका मानिस पनि यही छन् । तर, हेर्नुहोस त सबैभन्दा फोहोरी पनि यहीँ छन् । उनीहरूले थाहा नपाएर घरको फोहोर बाटामा फालेका हुन् त ? अनि फोहोर उठाउने कसको कर्तव्य र अधिकार भन्दै होहल्ला गर्छन् । एउटा कुरा फोहोर गर्नेचाहिँ मेरो कर्तव्य अनि फाल्नेचाहिँ अर्काको कर्तव्य भन्ने हुन्छ ? अब यसरी फोहोर गर्नेलाई कारबाही हुन्छ । अहिले मानिसहरूलाई जे गरे पनि कसले के गर्छ भन्ने निडरपना छ । तर, अब हामी उनीहरूलाई गल्ती गर्नुहुँदैन कारबाही हुन्छ भन्ने कुराको पनि ज्ञान दिलाउनेछौँ । हामीकहाँ दण्डहीनताले प्रश्रय पायो भने सुखदायी जीवन दुःखदायी बन्छ ।

यसरी अहिले जसरी सफाइ अभियान चलाउनुपर्छ । सफा ठाउँ बनाउनुपर्छ भन्ने अभियानमा सबै जनता सहभागी भएका छन् । त्यसैगरी हामीले फोहोरीलाई कारबाही गर्नुपर्छ समाजमा नै उनीहरूको तिरस्कार हुनुपर्छ भन्ने अवधारणा आयो भने, फोहोर धेरै नियन्त्रण हुन्छ । विदेश अर्थात युरोप अमेरिकाका सडकमा फोहोर देखिँदैन किन ? किनकी त्यहाँ फोहोर ग¥यो भने कडा कारबाही हुन्छ । तिनै देश बस्नेले पनि नेपाल आएर फोहोर गर्छन् । अर्थात् हामी नेपालीको दिमाग नै फोहोरी हो कि भन्नेजस्तो भएको छ ।

धेरै देशको आम्दानी दण्डबाट निस्कने गरेको छ । हामी पनि नराम्रो काम गर्नेलाई कडा जरिवानासहितको दण्ड दिलायौँ भने धेरै नराम्रा काम हुनेछैन । राम्रा काम भएपछि व्यक्ति, समाज र राष्ट्र नै सम्मुन्नत हुनेछ । त्यसैले मेरो आग्रह छ । हामीले सिकेको सीप, ज्ञान र दक्षतालाई व्यवहारमा पनि लागू गरौँ । हामीलाई धेरै अधिकार चाहिएको छ त्यो अधिकार पाउनका लागि आफूले गर्नुपर्ने कर्तव्य पनि पूरा गर्नुपर्छ भन्ने हेक्का सबैको हुनुपर्छ यति भयो भने पाँच वर्षमा मैले देखेको नेपाल म बनाउन सक्छु । अनि तपाईंले पनि कल्पना गरेको, सोचेको परिवर्तनको अुनभूति गर्न सक्नुहुनेछ ।

हिजो राजनीतिक अस्थिरताका कारणले केही समस्या भए पनि अब अस्थिरताको अन्त्य भएको छ । अब हामीले समृद्धिको बाटोमा हिँड्नु छ । एक व्यक्ति समृद्ध बने त्यसको प्रभाव देशलाई बन्छ । एक एक गर्दै प्रत्येक नेपालीलाई समृद्ध बनाएर देशलाई सम्पन्न बनाउने योजनासहितको बाटोमा तपाईंहामी सँगसँगै हिँड्नुपर्दछ ।
(कुराकानीमा आधारित ।)

प्रतिक्रिया